विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिने बताएका छन् । ‘चेन्ज डिजिटल’ले काठमाडौँको सामाखुसी लगायत देशका विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको चार्चिङ स्टेसनको आइतबार उद्घाटन गर्दै मन्त्री घिसिङले उक्त कुरा व्यक्त गरेका हुन् ।

चार्जिङ स्टसेनमा गाडी चार्ज गर्न केही समय लाग्ने हुँदा त्यस वरपर यात्रुलाई लक्षित होटल, रेष्टुरेन्ट, कफी–सप खोल्न सकिने र त्यसबाट रोजगारी सिर्जन हुने उनको धारणा रहेको छ । प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न आवश्यक रहेको पनि उनले बताए ।

‘चार्जिङ स्टेसन व्यवसाय’ लगानीको राम्रो क्षेत्र भएकाले यसबाट मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै घिसिङले नेपालमा उत्पादित जलविद्युत खपत गर्न घरायसी, उद्योग, कलकारखाना लगायत क्षेत्रमा उपभोग बढाएर पेट्रोलियम पदार्थको आयात घटाउन सकिने बताए । ‘यसबाट आयात घट्दा मुलुकको विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव परी अर्थतन्त्रमा ठूलो योगदान पुग्ने छ,’ उनले भने ।

सरकारले विभिन्न नीति तथा योजना मार्फत विद्युतीय सवारी प्रयोगलाई प्राथमिकतामा राख्दै आएको छ । सन् २०३० सम्म कुल निजी सवारीको ९० प्रतिशत र सार्वजनिक सवारीको ७० प्रतिशत विद्युतीय पुर्‍याउने लक्ष्य राखिएको छ । सन् २०३५ सम्म यसलाई वृद्धि गरी क्रमशः ९५ र ९० प्रतिशत पुर्‍याउने लक्ष्य छ । विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्न नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा ६२ वटा चार्जिङ स्टेसन स्थापना गरेको छ । निजी क्षेत्रका पनि करिब ८०० चार्जिङ स्टेसन सञ्चालनमा छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पनि केन्द्रीय नवीकरणीय ऊर्जा कोषअन्तर्गत भायबिलिटी ग्याप फण्डिङ (भिजिएफ) सहयोगमा आधारित दिगो ऊर्जा च्यालेञ्ज फण्डमार्फत चार्जिङ स्टेसन स्थापनाका लागि सहयोग गर्दै आएको छ । केन्द्रबाट १८ वटा कम्पनीसँग ४५ आयोजना मार्फत १२४ स्थानमा चार्जिङ स्टेसन निर्माणमा सहयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३