विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रसारण प्रणालीमा प्रवाह भइरहेको १५० मेगावाट विद्युत् आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म आपूर्ति नहुने भएको छ । मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १३२ केभी प्रसारण लाइनको टावरमा तार टाँग्नुपर्ने भएको हुँदा आपूर्ति बन्द हुने भएको हो ।

प्राधिकरणका अनुसार लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ र ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट उत्पादन बन्द गरिनेछ । २०७८ साल असार १९ गते आएको पहिरोले ढालेको उक्त प्रसारण लाइनअन्तर्गत निर्मित नयाँ टावरमा साँझसम्म तार टाँगिने जनाइएको छ ।

पहिरोले ममध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइनअन्तर्गत लमजुङको राइनास नगरपालिका–८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपतकालीन पुनर्स्थापना प्रणाली (इआरएस) जडान गरी गत वर्ष साउन २ गतेबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।

अहिले उक्त स्थानमा नयाँ टावर निर्माण गरिएको हुँदा इआरएस हटाई नयाँ टावरमा तार टाँगिने छ । बन्द हुनेमा ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी (चिनियाँ लगानी) र ३० मेगावाटको न्यादी (बुटवल पावर कम्पनी) निजी क्षेत्रका विद्युतगृह हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit