विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २५, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका एक कर्मचारीलाई साढे १९ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ । सञ्चालक समितिको बुधबारको निर्णयले उक्त निर्णय गरेको हो ।

प्राधिकरणका अनुसार घाइते कर्मचारीलाई उपचार र क्षतिपूर्ति गरी १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराइने भएको छ । २०८२ साल चैत ११ गते मेलम्ची वितरण केन्द्र अन्तर्गत मेलम्ची नगरपालिका–१० आम्बोटेमा १५ केभी प्रसारण लाइनको डिस्क पिन बदली गर्ने क्रममा दुर्घटना हुँदा खोटाङ स्थायी घर भएका २५ वर्षीय सन्देश मगर (शेरबहादुर मगर) करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

मगरको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गरिएको थियो, जसमा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको थियो । नेपाल विद्युत् प्राधिकरणको ‘विद्युत क्षतिपूर्ति विनियमावली’ अनुसार दुर्घटनाबापतको १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचारमा लागेको ९ लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल रकम स्वीकृत गरिएको छ ।

मगरले यसअघि नै १० लाख रुपैयाँ प्राप्त गरिसकेको र बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ सम्बन्धित वितरण केन्द्रमार्फत छिट्टै उपलब्ध गराइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३