विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

झापा । नेपाल विद्युत् प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०/८१ मा महसुल नबुझाउने १ हजार १ सय ७० ग्राहकको लाइन काटेको छ । केन्द्रका प्रमुख सञ्जीवकुमार साहले वर्षभरिमा लाइन काटिएका मध्ये १ हजार १३६ ग्राहकले बक्यौता महसुल र जरिवाना तिरेपछि पुनःविद्युत् जडान गरिएको बताए । उनका अनुसार अब ३४ जना ग्राहकले मात्र बक्यौता तिर्न बाँकी छ ।

‘विद्युत् काटिएका ग्राहकले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता महसुल र जरिवाना ६ करोड ७० लाख २८ हजार ४१२ रुपैयाँ थियो । १ हजार १ सय ३६ ग्राहकबाट ३ करोड ९० लाख ९७ हजार ५६७ रुपैयाँ असुली भएको छ’, प्रमुख साहले भने । उनका अनुसार बक्यौता बुझाउन बाँकी ३४ ग्राहकसँग प्राधिकरणले २ करोड ७९ लाख ३० हजार ८४५ रुपैयाँ असुली गर्न बाँकी छ ।

अनारमनी वितरण केन्द्रका २३७ ग्राहकलाई कालोसूचीमा राखिएको प्राधिकरणले जनाएको छ । कालोसूचीमा रहेकाबाट १ करोड ३२ लाख ३१ हजार ६३ रुपैयाँ बक्यौता असुली गर्न बाँकी छ । १ अर्ब ३१ करोड राजस्व असुली प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आवमा नयाँ विद्युत् लाइन जडान, नियमित विद्युत् महसुल, बक्यौता र जरिवाना असुली गरेर १ अर्ब ३१ करोड ८४ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

जिल्लामा रहेका विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा बढी ग्राहक अनारमनी केन्द्रमा रहेका छन् । यहाँ ९३ हजार ४१८ ग्राहक सङ्ख्या रहेको केन्द्रका प्रमुख साहले जानकारी दिए । गार्हस्थ तथा गैरगार्हस्थ, व्यापारिक, गैरव्यापारिक, औद्योगिक, सडक बत्ती, सिँचाइ, खानेपानी, मन्दिर, यातायात, आन्तरिक खपत, सामुदायिक, मनोरञ्जनलगायत क्षेत्रमा ग्राहक विभाजन गरेर महसुल उठाउने गरिएको उनले बताए ।

‘उपभोक्तालाई हामीले प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध गराउने हो’, प्रमुख साहले भने, ‘खपत भएको विद्युत् युनिट बराबरकोे बिलमा तोकिएको रकम सबैले आफ्नो कर्तव्य ठानेर तिर्नुपर्छ, तिर्न आनाकानी गरे वा ढिलाइ भएमा लाइन काट्नु हाम्रो बाध्यता हो ।’

पालिकाले तिरेनन् सडक बत्तीको महसुल अनारमनी वितरण केन्द्रअन्तर्गत ६ नगरपालिका र ५ वटा गाउँपालिकाका उपभोत्ताले विद्युत् सेवा पाउँदै आएका छन् । अधिकांश पालिकाले सडकबत्ती शीर्षकमा प्राधिकरणलाई तिर्नुपर्ने बिलको रकम नतिरेका केन्द्रका प्रमुख साहले गुनासो गरे ।

साहका अनुसार रकम भुक्तानी नगर्नेमा विर्तामोड, अर्जुनधारा, कनकाई नगरपालिका, मेचीनगरका–११, १२, १३ र १४, शिवसताक्षी नगरपालिका–७ र १०, इलामको माई नगरपालिका–५, झापा गाउँपालिका–१, २, ३, ४, ५, ६ र ७, हल्दिबारी गाउँपालिका–१, बुद्धशान्ति गाउँपालिका–५, रोङ गाउँपालिका–२ रहेका छन् । उनले उल्लेखित पालिकाले सार्वजनिक भवन तथा सडक बत्ती बापतको रकम भुक्तानी गर्न बाँकी रहेको बताए ।

सबैभन्दा बढी बाह्रदशी गाउँपालिकाको ५५ लाख ३८ हजार ४६, विर्तामोड नगरपालिकाको २९ लाख ७४ हजार ९५७ रुपैयाँ, मेचीनगर नगरपालिकाको १० लाख ८८ हजार ६२१ र कनकाई नगरपालिकाको १० लाख ६३ हजार ७३९ रुपैयाँ बक्यौता रकम रहेको साहले जानकारी दिए । सबै पालिकालाई बारम्बार पत्राचार गरेर बक्यौता रकम बुझाउन आग्रह गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३