विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयले देशमा पहिलोपट भूमिगत प्रसारण लाइनमार्फत विद्युत सेवा विस्तार गरेको छ । प्राधिकरणले ‘काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढिकरण आयोजना’ अर्न्तगत  कीर्तिपुर नगरपालिकाको वडा नम्बर २ मैत्रीनगर क्षेत्रमा विद्युत सेवा प्रवाह सुरु गरेको हो ।

देशमै पहिलोटक मैत्रीनगरको मितेरी टोलको १९ घरधुरीमा भूमिगत वितरण प्रणालीबाट सफलतापूर्वक विद्युत लाइन सूचारु गरिएको आयोजना प्रमुख पिउस मलाकारले बताए । ‘मितेरी टोलमा परीक्षणका लागि भूमिगत लाइनबाट सेवा सुरु गरिएको थियो’, उनले ऊर्जाखबरसँग भने, ‘सेवा सफलतापूर्वक सूचारु भएकोले थप घरमा सेवा पुर्याउन तिव्र गतिमा काम भइरहेको छ, आगामी एक साताभित्र थप २०० घरधुरीमा सेवा विस्तार हुनेछ ।’

पहिलो चरणमा किर्तिपुर नगरपालिकाको ओभरहेड वितरण प्रणाली हटाएर भूमिगत वितरण प्रणाली विस्तार गरिनेछ । यो पालिकाको सबैक्षेत्रमा भूमिगत लाइन विस्तार गरी सेवा सूचारु गर्न तीन महिना लाग्ने पनि मलाकारले बताए ।

प्राधिकरणले देशका विभिन्न स्थानमा ओभरहेड वितरण प्रणालीलाई भूमिगत बनाउने काम गरिरहेको प्राधिकरण किर्तिपुर वितरण केन्द्रका प्रमुख दृष्टि पाण्डेले बताइन् । उनका अनुसार देशका विभिन्न स्थानमा भूमिगत लाइनको काम भइरहेपनि पहिलोपटक केन्द्र अन्तर्गतको मितेरी टोलमा विद्युत सेवा सुचारु भएको हो । ‘आगामी तीन महिनाभित्र केन्द्र अन्तर्गतका मूख्य सहरहरूमा भूमिगत प्रणालीबाट सेवा सुचारु गर्ने लक्ष्यका साथ काम भइरहेको छ’ उनले थपिन् ।

यो आयोजनाअन्तर्गत जिल्लाका विभिन्न स्थानमा काम भइरहेको छ । पुरै जिल्लामा सेवा प्रवाह गर्न एक वर्ष लाग्नेछ । अहिले पेप्सीकोला–जडीबुडी, तिनकुने–बालकुमारी क्षेत्रमा द्रुत गतिमा काम अघि बढेको छ । यस्तै, दुई साताभित्र लाजिम्पाट–महाराजगन्ज क्षेत्रमा काम सुरु गर्ने तयारी भइरहेको मलाकारले बताए ।

प्राधिकरणले हाल भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित, भरपर्दो हुने र यसले सहरी सौदर्यता कायम राख्न समेत मदत पुग्ने भएकोले वितरण तथा प्रसारण लाइन भूमिगत बनाउने कामलाइ प्राथमिकतामा राखेर तिव्र गतिमा अघि बढेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit