विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मोरङको टंकिसिनुवारीबाट विद्युतका कंक्रिट पोल उत्पादन सुरु गरेको छ । प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालयको ‘कंक्रिट पोल प्लान्ट आयोजना’ अन्तर्गत  टंकिसिनुवारीमा  प्लान्ट निर्माण गरी पोल उत्पादन सुरु गरिएको हो ।

अहिले प्लान्टले कंक्रिटका पोलको परीक्षण उत्पादन गरिरहेको निर्देशनालयले जनाएको छ । प्लान्टबाट विद्युत वितरणमा प्रयोग हुने ८, ९ र ११ मिटरका कंक्रिटका पोल उत्पादन हुनेछन् । १४ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको प्लान्टले वार्षिक ३३ हजार ५ सय ८० कंक्रिट पोल उत्पादन गर्नेछ ।

इन्जिनियरिङ सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले शुक्रबार प्लान्टको निरीक्षण गरी नियमितरूपमा पूर्ण क्षमतामा पोल उत्पादन सुरु गर्न निर्देशन दिएका छन् । उनले प्लान्टबाट पोल उत्पादन सुरु भएपछि टाढाबाट पोल ल्याउँदा लाग्ने ढुवानी खर्च र समय बचत बताए ।

कोरोना (कोभिड–१९) महामारीको नियन्त्रण तथा रोकथाकका लागि लगाइएको निषेधाज्ञा र भारतबाट मालसामान तथा प्राविधिक आउन ढिलाई हुँदा प्लान्टबाट परीक्षण उत्पादन तालिकाभन्दा केही ढिलो गरी सुरु भएको आयोजना प्रमुख परमार धीरसेनले बताए । 

उनले परीक्षण उत्पादनका क्रममा प्राविधिक समस्या नआएमा प्लान्ट केही दिनभित्र नै पूर्ण क्षमतामा चलाउने उनले बताए । प्लान्टबाट उत्पादित पोलहरू मुख्य गरी प्रदेश–१ र र २ का जिल्लामा आपूर्ति गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले अहिले तनहुँको कोत्रे र पर्साको अमलेखगञ्जबाट कंक्रिट पोल उत्पादन गर्दै आएको छ भने कैलालीको लम्कीमा प्लान्ट निर्माणाधीन छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit