विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लामो सयमसम्म विद्युत महसुल नबुझाउने १ हजार ३ सय १० ग्राहकको लाइन काटेको छ । प्राधिकरण विरगन्ज वितरण केन्द्रले महसुल नतिर्ने ग्राहकको लाइन काटी कारबाही गरेको हो ।

८ महिनाको अवधिमा यी ग्राहकको लाइन काटी करिब ११ करोड ५६ लाख २८ हजार ९ सय ९९ रुपैयाँ विद्युत महसुल बक्यौता असुल गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यी ग्राहकबाट १२ करोड ९९ लाख ७ सय ८२ रुपैयाँ असुल गर्न बाँकी थियो ।

महसुल बुझाउने ग्राहकको लाइन पुन जोडिएको छ । बाँकी ग्राहकले पनि जरीवानासहितको बक्यौता बुझाएपछि लाइन पुनःजोडिनेछ ।

यो अवधिमा हुकिङ गरेर विद्युत चोरी गर्ने ६३ जना ग्राहक पनि कारबाहीमा परेका छन् । कारबारीमा परेका उनीहरुबाट २९ करोड ३४ लाख ६ सय ७५ रुपैयाँ असुल गरिएको छ ।

१६ जना कालो सूचीका ग्राहकलाई समेत कारबाही गरिएको छ । बारम्बार ताकेता गर्दा र लामो सयमसम्म महसुल तिर्न नआउने ग्राहकको नाम कालो सूचीमा राखेर कारबाही गरिएको केन्द्रले जनाएको छ । कालो सूचीका ग्राहकबाट ८ लाख ८३ हजार १ सय ७ रुपैयाँ असुल भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३