विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ८७ मेगावाटको सेती नदी–३ आंशिक जलाशय आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (इआइए) प्रतिवेदन तयार भएको छ । कम्पनीले सुदुरपश्चिम प्रदेशको बझाङ जिल्लामा निर्माण गर्न लागेका आयोजनाको प्रतिवेदन तयार पारेको हो ।

तयार भएको प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरणमा मन्त्रालयमा बुझाएको कम्पनीले जनाएको छ । मन्त्रालयले उक्त प्रतिवेदनमा राय/सुझाव माग गरेको छ । मन्त्रालयले आयोजना निर्माण गर्दा पर्ने सक्ने प्रतिकुल असरका बारेमा आयोजना प्रभावित स्थानीय र सर्वसाधारणसँग ७ दिनभित्र राय÷सुझाव पठाउन आग्रह गरेको छ ।

आयोजनाको बाँध १४ मिटर अग्लो र ६७ मिटर लामो बन्ने चिलिमेले जानकारी दिएको छ । बाँधमा ३ लाख घनमिटर क्षमताको पोखरी बाट ४२५१ मिटर लामो सुरुङमार्फत पाननिलाई विद्युतगृहमा पुर्याइनेछ ।

आयोजनाको विद्युतगृह जयपृथ्वी नगरपालिकाको सुतियामा भूमिगत निर्माण हुनेछ । आयोजनाबाट उत्पादन भएको विद्युत नेपाद विद्युत प्राधिकरणले प्रस्ताव गरेको चैनपुर सबस्टेसनमा जोडिने भएको छ ।

यो कम्पनीले सहायक कम्पनीहरूबाट २७० मेगावाटका ३ ठुला आयोजना निर्माण गरिरहेको छ । १११ मेगावाटको रसुवागढी र ५७ मेगावाटको सान्जेनको काम अन्तिम चरणमा पुगेको छ । १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजना निर्माणाधीन छ । २२ मेगावाटको चिलिमे जलविद्युत केन्द्रले विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit