विद्युत अपडेट

  • प्राधिकरण : ४४८४ मे.वा.घन्टा
  • सहायक कम्पनी : २३३९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४६९ मे.वा.घन्टा
  • आयात : १०२५० मे.वा.घन्टा
  • निर्यात : ०० मे.वा.घन्टा
  • ट्रिपिङ : ११०० मे.वा.घन्टा
  • ऊर्जा माग : २७६४२ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १६१९ मे.वा.
२०७९ चैत ७, मङ्गलबार
×
जलविद्युत सोलार ई-पेपर वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ऊर्जा दक्षता

काठमाडौं । १०६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजनाले निर्माण अघि बढाउन परामर्शदाता नियुक्त गर्न दरखास्त आह्वान गरेकाे छ । आयोजना प्रवर्द्धक जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडले आइतबार आशयपत्र जारी गर्दै परामर्शदाता नियुक्त गर्न दरखास्त आह्वान गरेको हो ।

आयोजनाको ठेक्का व्यवस्थापन, निर्माण कार्यको सुपरभिजन, बिडिङ डकुमेन्ट लगायतको काम लागि परामर्शदाता नियुक्त गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इच्छुक योग्यता पुग्ने कम्पनीले आगामी भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आवेदकमध्येबाट छनोटमा परेका कम्पनीसँग आर्थिक र प्राविधिक प्रस्ताव मागिनेछ । त्यसैगरी कम्पनीले साइटमा क्याम्प निर्माणका लागि समेत ठेक्का निकालेको छ ।  आयोजनाले विद्युत विकास विभागबाट २०७४ मा अध्ययनका लागि सर्वे लाइसेन्स लिएर अध्ययन अघि बढाएको हो ।

डोल्पामा  निर्माण हुने आयोजनाको विद्युतगृह मुड्केचुला गाउँपालिका–४, इलमा निर्माण हुने तथा जगदुल्ला गाउँपालिका वडा नम्बर १ र २ मा बाँध निर्माण हुने अध्ययनले देखाएको छ । काम सुरु गरेको करिब ६ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको आयोजनाको करिब ७.१ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित विद्युतगृहमा खसालिने छ ।

कूल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि भौगोलिक विकटताका कारण १०६ मेगावाटमात्र विद्युत उत्पादन गर्न सकिने गरी क्षमता अद्यावधिक (अप्टिमाइजेसन) गरिएको आयोजनाले जानकारी दिएको छ ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार आयोजना सम्पन्न गर्नका लागि १९ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यसअघिको अनुमानित लागत २२ अर्ब रुपैयाँ थियो । आयोजना सम्पन्न भएपछि वार्षिक ६१५.३२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजनाबाट उत्पादीत विद्युत ४५ किलोमिटर लामो प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको नलगाड सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit