काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन् ।
विश्वका लगानीकर्ता लगानी सम्मेलनका दाैरान नेपालमा भेला भएकै बेला राष्ट्रपति पौडेलले आइतबार ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१’ जारी गरेका हुन् ।
संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गरेर जानकारी दिएको छ ।
यस्ताे छ विज्ञप्ति