विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ फाल्गुण २८, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

संखुवासभा । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छुट मुआब्जा वितरण पुनः सुरु गरिएको छ । आवश्यक रकम अभावमा मुआब्जा वितरण रोकिएकामा एसजेभिएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी प्रालि (एसएपिडिसी) बाट रकम प्राप्त भएपछि पुनः वितरण सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए । 

आयोजनाको विकासकर्ता कम्पनी एसएपीडीसीले छुट मुआब्जावापतको ५३ करोड रुपैयाँ जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएपछि वितरण सुरु भएको उनले बताए । यसअघि छ्याङकुटी–दिदिङ सडक खण्डअन्तर्गत ४५४ रोपनी जग्गाको छुट मुआब्जा वितरण गर्न सर्वोच्च अदालतले पुस १७ गते आदेश दिएको थियो ।

त्यसै आधारमा छुट मुआब्जावापत ५३ करोड आवश्यक पर्नेमा यसअघि २५ करोड रुपैयाँमात्र प्राप्त भएको जनाइएको थियो । सो रकम प्रवेशमार्गका पीडितमध्ये ६० परिवारलाई वितरण गरिसकिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३