विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन कोना इभी र आयोनिक ५ किन्न चाहनेहरूका लागि सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ । कम्पनीले यी दुबै मोडलका इभी खरिद गर्न चाहने ग्राहकहरूले प्रभु बैंकबाट ९.९९ प्रतिशत ब्याजदरमा ऋण लिन पाउने व्यवस्था मिलाएको हाे ।

दिगोपन र पर्यावरण-मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतामा हुण्डाईले प्रभु बैंकसँग साझेदारी गरेको हाे । कम्पनीका अनुसार यस योजना अन्तर्गत इच्छुक खरिदकर्ताहरूले पहिलो वर्षका लागि ९.९९  प्रतिशत ब्याजदरमै हुन्डाई कोना इभी र आयोनिक ५ खरिद गर्न सक्नेछन्।

प्रभु बैंकको ३०१ शाखा बाट छिटो छरितो र सहज ढंगबाट खरिदकर्तालाई यो सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ। विद्युतीय सवारीसाधनमा बढ्दो चासोको गहिरो बुझाइका साथ, कम्पनीले हुन्डाई कोना इभी र आयोनिक ५ लक्षित गरी यो अफर ल्याएको कम्पनीले जनाएको छ।

हुन्डाई कोना इभी र आयोनिक ५ नेपालमा धेरै रुचाएको विद्युतीय गाडी हुन् र यी दुबै इभीले ग्राहकको मन जित्न सफल भएका कम्पनीको दावी छ। आफ्नो उत्कृष्ट डिजाइन, प्रफर्मेन्स र विश्वसनीयताका साथ, हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन  सफल भएको कम्पनीले जनाएको छ।

हुन्डाई कोना इभी ३ वटा भेरियन्टमा उपलब्ध छ। कोना एनएसको मूल्य ६० लाख ९६ हजार, जीएल-६१ लाख ९६ हजार र जीएलएस भेरियन्टको ६४ लाख ९६ हजार रुपैयाँ छ। साथै, आयोनिक ५ जीएलएस भिजन सनरुफ भेरियन्ट १ करोड २ लाख ९६ हजार रुपैयाँ मूल्यमा उपलप्ध छ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १७ शोरुम तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ। साथै, इभी चार्जिङ गर्नका लागि ४० भन्दा बदी स्थानहरूमा चार्जिङ पोइन्ट स्थापना गरी सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३