विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ चैत १, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आइतबारदेखि (शनिबार राति १२ बजेपछि) ‘सोलार आवर’मा मात्र भारतबाट विद्युत् आयात गर्ने तयारी गरेको छ । पूर्व निर्धारित तालिका (मंसिर ४ गते, १९ नोभेम्बरमा स्वीकृति प्राप्त) अनुसार नेपालले भारतको प्रतिस्पर्धी विद्युत् बजार (इन्डियन इनर्जी एक्सचेञ्ज–आइइएक्स) बाट उक्त अविधमा विद्युत् आयात गर्नेछ ।

भारतले बिहान ६ देखि साँझ ६ बजेसम्मलाई सोलार आवर मानेको छ । नेपालले विद्युत्‌को उच्च माग हुने समय साँझ ६ बजे देखि ९ सम्म (पिक आवर) मा भने आइइएक्सबाट विद्युत् आयात गर्न पाउने छैन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समन्वयमा प्राधिकरणले चैत ३ गतेदेखि असार १६ गते (मार्च १६–जुन ३०) सम्म गत वर्षजस्तै ‘सोलार आवरमा ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट कारोबार हुने गरी बढीमा ६०० मेगावाट बिजुली किन्ने जनाइएको छ ।

गत वर्ष पनि सरकारको समन्वयमा प्राधिकरणले आइइएक्सबाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत ‘सोलार आवर’मा ५ सय मेगावाट बिजुली आयात गर्न स्वीकृत पाएको थियो । नेपालले भारतको उक्त प्रतिस्पर्धी बजारबाट विद्युत् किन्न पाउने गरी २०७८ वैशाखमा सम्झौता भई अनुमति पाएको थियो । उक्त सम्झौता हरेक वर्ष नवीकरण हुँदै आएको छ ।

सञ्चालनरत अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित (आरओआर) भएकाले नेपालले हिउँदमा विद्युत् अभावको समस्या झेल्दै आएको छ । यस वर्ष पनि हिउँदे वर्षा कम भएको, हिउँ कम परेकोले हिमालबाट बग्ने अधिकांश नदीमा पानीको बहाब कम हुन पुगेको छ । अपवादबाहेक अघिकांश नदी प्रवाही आयोजनाको उत्पादन जडित क्षमताको एक चौथाइभन्दा कम (२५ प्रतिशतभन्दा कम) मा खुम्चिएको सम्बन्धित विद्युत् उत्पादन केन्द्रहरूको तथ्यांकले देखाएका छन् ।

त्यसले पनि हिउँदमा विद्युत् उत्पादन घट्ने देखिएको छ । अर्कोतर्फ, पिक आवरमा पूर्ण क्षमता उपयोग गर्न सकिने ४५६ मेगावाटको माथिल्लो तामाकोसीको एउटा डिस्यान्डर बेसीनबाट मात्र पानी लगेर ९० मेगावाट हाराहारी उत्पादन गरिरहेकाे छ । गत असोज ११ र १२ गते आएको बाढी पहिरोबाट क्षति ग्रस्त संरचनाको मर्मन नसकिएकाले आयोजना पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सकिएको छैन ।

यस्ता विविध कारणले यो हिउँदमा पनि भारतबाट पर्याप्त विद्युत् आयात हुन नसके उद्योगसहित विभिन्न क्षेत्रमा लोडसेडिङ हुने सम्भावना बढ्ने देखिन्छ । अहिले पनि नेपालका धेरै औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ भइरहेको उद्योगी व्यवसायीले गुनासो गर्दै आएका छन् । भारतीय एक्सचेन्ज बजारबाट सोलार आवरमा मात्र बिजुली आयात हुने हुँदा आन्तरिक लोड व्यवस्थापनमा चाप पर्ने र उद्योगहरूको विद्युत् कटौती समय (लोडसेडिङ) बढ्ने प्राधिकरणका पूर्व–कार्यकारी निर्देशक मुकेशराज काफ्ले बताउँछन् ।

यो तथ्यलाई प्राधिकरणका बहालवाला कार्यकारी निर्देशकले भने सँधै ढाकछोप गर्दै आएको उनको भनाइ छ । 'विद्युत् हाकिमले भने यसलाई प्राविधिक समस्या भन्ने र दोष सबै सरकारलाई दिने रेडिमेड स्क्रिप्ट तयार गरेर बसेका छन्,' उनले भने ।

तामाकोसी जस्ता उच्च माग हुँदा सञ्चालन गर्न सकिने (पिकिङ प्रकृतिका) आयोजनाबाट विद्युत् उत्पादन हुन नसक्ने अवस्था देखिएकोले उल्लेख्य मात्रामा विद्युत् कटौती हुने प्राधिकरणकै कर्मचारीहरूको विश्लेषण छ । नेपालले आफूलाई अभाव भएको बिजुली भारतबाट प्राप्त हुने अपेक्षा राख्ने गरेको छ । यद्यपि, भारतले पनि सोलार आवर तोकिदिएपछि विद्युत् कटौतिको समय बढ्ने देखिन्छ ।

विद्युत् प्राधिकरणले पनि औद्योगिक क्षेत्रमा विद्युत् कटौती बढ्न सक्ने बताएको छ । ‘अबका दिनमा गार्हस्थ उपभोक्तामा कुनै समस्या नभए पनि औद्योगिक क्षेत्रको विद्युत् आपूर्तिमा केही समस्या थपिन सक्छ,’ प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए । उनका अनुसार हाल विद्युत्‌काे उच्च माग हुने समय (साँझ)मा १ हजार ९ सय मेगावाट हाराहारी छ भने आपूर्ति १ हजार ७ सय मेगावाट हाराहारी छ । दिउँसोको समयमा १ हजार ४ सय मेगावाटको हाराहारीमा विद्युत्‌काे माग हुने गरेको छ । 

नेपालले भने बर्खाको समयमा प्रतिस्पर्धी र मध्यकालीन विद्युत् बिक्री सम्झौता अनुसार भारतीय बजारमा २८ वटा जलविद्युत् आयोजनाबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३