विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण डोटी वितरण केन्द्रका १० जना कर्मचारी काेरोना (काेभिड–१९) भाइरसबाट संक्रमित भएका छन् । डाेटी जिल्ला अस्पतालमा गरिएकाे स्वाव परीक्षणपछि उनीहरूमा काेभिड–१९ संक्रमण पुष्टी भएकाे हाे ।

केही कर्मचारीमा काेभिड–१९ काे लक्षण देखिएपछि परीक्षण गर्दा रिपाेर्ट पाेजेटिभ आएकाे वितरण केन्द्र प्रमुख कपिल जाेशीले बताए । ‘लक्षण देखिएका कर्मचारीको परीक्षण गर्दा सुरुमा ३ जनाकाे रिपोर्ट पोजेटिभ आयो,’ उनले ऊर्जा खबरसँग भने, ‘पछि अरु कर्मचारीको पनि परीक्षण गर्यौं । थप ७ जनामा पनि संक्रमण देखियो ।’

उनले  दाेस्राे पटक ६ जनाको परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको बताए । तेस्राे पटक १२ कर्मचारीको परिक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको थियाे। संक्रमण पुष्टी भएकामध्ये ४ जना आफ्नाे घरमै क्वारेन्टीनमा बसेका छन् ।

बाँकी ६ जनालाई कार्यालयको क्वाटरमा क्वारेन्टीनमा राखिएकाे वितरण केन्द्रले जनाएकाे छ । अहिले संक्रमित कर्मचारीमा गम्भिर लक्षण नदेखिएकाले अनुकुलताअनुसार क्वारेन्टीनमा राखिएकाे वितरण केन्द्रले जनाएकाे छ ।

देशभर काेराेनाकाे संक्रमण बढ्दै जाँदा प्राधिकरण कर्मचारी पनि संक्रमित हुन थालेका छन् । प्राधिकरणले सुरक्षाका उपाय अपनाएर सावधानीपूर्वक खटिन कर्मचारीलाई निर्देशन दिइसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit