विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मध्येभोटेकोसी जलविद्युत कमपनी लिमिटेडकाे वार्षिक साधारणसभाले सर्वसाधारणकाे तर्फबाट ४ जना नयाँ सञ्चालक नियुक्त गरेकाे छ । कम्पनीले निर्वाचनकाे माध्यमबाट नयाँ सञ्चालकहरू नियुक्त गरेकाे हाे ।

कम्पनीकाे बुधबार (२० गते) सम्पन्न गरेको दशौं एवं एघारौं वार्षिक साधारण सभाबाट निर्वाचित ४ जना सञ्चालकहरूमा रामकुमार थेबे, रमा खड्का, भूमिनन्द अर्याल र गोविन्दप्रसाद पराजुली रहेका छन् । सञ्चालकहरूमध्ये थेवे र अर्याल नेपाल विद्युत प्राधिकरणका कर्मचारी हुन् । कम्पनीले सिन्धुपाल्चोककमा १०२ मेगावाटको मध्येभोटेकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीका अनुसार अहिले निर्माणाधीन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । कम्पनीले सबै संरचनाको काम पुरा गरी २०८० मित्र साउनभित्रमा व्पारिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको  ब्याजबाहेक .१५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ रहेको छ । निर्माणाधीन आयोजनाको सुरुको कूल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।

कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरुमध्येमा नेपाल विद्युत प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेडको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनी लिको १, सिन्धु इन्भेष्टमेण्ट कम्पनी प्रालिको १ र सिन्धु भोटेकोशी हाइड्रोपावर लिको १ सेयर रहेको छ ।

४९ प्रतिशत सर्वसाधारण शेयरधनी समुहमा (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोक जिल्लाका स्थानीयको १० र सर्वसाधारणको–१५ प्रतिशत) रहेका छन् । आयोजनाबाट वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत उतपादन हुने कम्पनीले जानकारी दिएको छ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३