विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल इन्जिनयर्स एसाेसियसन (एनईए) काे ३४औँ पदाधिकारी र कार्यसमितिकाे निर्वाचनका लागि इन्जिनियर सुवासचन्द्र बरालकाे प्यानलले उम्मेद्वारी घाेषणा गरेकाे छ । प्रजातन्त्रवादी इन्जिनियरहरू (सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल-सिडेन) को तर्फबाट उनकाे समूहले उम्मेद्वारी घाेषणा गरेकाे हाे ।

अध्यक्षमा बरालसहित पदाधिकारीमा उम्मेद्वारी दिनेहरूमध्ये उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा विनोदप्रकाश पण्डित, उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा, सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल रहेका छन् । यस्तै, बरालको प्यानलबाट सदस्यमा उम्मेद्वारी दिनेहरू यामकृष्ण पौडेल, कृष्ण अधिकारी, एमेन्द्र गुरुङ, अनिल पौडेल, सञ्जयकुमार साह, नेत्रप्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी, विक्रमकुमार दास र प्रियंका गुप्ता छन् ।

करिब साढे दुई दशकदेखि जलविद्युत् विकासका विभिन्न आयाममा क्रियाशील रहेका बराल नेतृत्व क्षमतामा मध्यमार्गी धारमा रहेर सन्तुलन कायम गर्न अब्बल मानिन्छन् । उनले इन्जिनियरिङ अध्ययन संस्थान (पुल्चाेक क्याम्पस) बाट स्नातक र स्नातकोत्तर गरी युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलीबाट बेहर्स इन्भायराेमेन्टल लिडरसिप प्राेग्राम गरेका छन् । देशका अनकन्टार ठाउँमा गएर जलविद्युत्‌को अध्ययन र विकास गरेको अनुभव बटुलिसकेका उनी सबैमाझ मृदुभाषी व्यक्तिका रूपमा परिचित छन् ।

देशको विकसित र पछाडि परेका ठाउँहरू तथा अगाडि र पछाडि परेका समुदाय सबै समानरूपमा अगाडि बढ्नुपर्छ भन्ने भावना राख्ने भएकाे हुँदा बराल एनईएकाे अध्यक्षका लागि याेग्य उम्मेद्वार रहेकाे राष्ट्रिय याेजना आयाेगका पूर्व-उपाध्यक्ष डा. विश्व पाैडेलले बताए । उनका अनुसार बराल लोकतन्त्रको लागि लामो संघर्ष गरेको परिवारको एक सदस्य पनि हुन् ।

हाल बराल टेक्नाेक्वारी कन्सल्टस प्रा.लि.का प्रबन्ध निर्देशककाे जिम्मेवारीमा रहेका छन् । याे कम्पनीले अहिलेसम्म ५७.३ मेगावाटकाे म्याग्दी खाेला, ३५.१५ मेगावाटकाे ब्रम्हायणी, २० मेगावाटकाे कुनबान खाेला, ३५ मेगावाटकाे न्यासिम खाेला, ५० मेगावाटकाे नार खाेला लगायत जलविद्युत् आयाेजना अध्ययन पूरा गरेकाे छ ।

निर्वाचनकाे माहाेल तातिँदै

आगामी भदाै २८ गते हुने एनईएकाे १७ सदस्यीय नयाँ कार्यसमित गठनका लागि इन्जिनियरहरूका विभिन्न खेमाहरूले अहिले निर्वाचनकाे माहाेल तताइरहेका छन् । तोकिएको उम्मेदवारी मनोनयनमा अध्यक्षका लागि बराल लगायत अन्य व्यक्तिले पनि उम्मेद्वारी दिएकाे निर्वाचन समितिले जानकारी दिएकाे छ ।

निर्वाचनमा कांग्रेस निकट इन्जिनियरहरूको संस्था सिडेन, एमाले निकट प्रोग्रेसिभ इन्जिनियरिङ प्रोफेसनल्स एसोसिएसन नेपाल (पिन), माओवादी केन्द्र पक्षधर नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन (निओन), एकीकृत समावादीको समाजवादी निकट इन्जिनियरिङ नेपाल (सिन), नेमकिपा निकट इन्जिनियर समाज नेपालले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गराएकाे पनि समितिले जनाएकाे छ । एमाले निकट पिनबाट विष्णुप्रसाद पाण्डे अध्यक्षको उम्मेदवार बनेका छन् ।

निर्वाचनकाे मतदान केन्द्र प्रदेश र संघमा गरेर १३ स्थानमा तोकिएको छ । संस्थाका देशभर करिब ४४ हजार सदस्य छन् । १८ हजार बढीले मतदान गर्ने निर्वाचन समितिले जानकारी गराएको छ । केन्द्रीय कार्यसमिति २५ जनाको हुने व्यवस्था छ । केन्द्रबाट १८ र सात प्रदेशबाट १/१ गरी केन्द्रीय कार्यकारिणी समिति बन्ने व्यवस्था छ । यस्तै, अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष सहित सबै केन्द्रीय सदस्यका लागि निर्वाचनबाट चुनिने व्यवस्थामा खुला प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३