विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सुर्खेत–दैलेख १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने भएको छ । कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकामा अवस्थित सुर्खेत सबस्टेसनदेखि दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकामा चुप्रामा प्रस्तावित दैलेख सबस्टेसनसम्मको लाइन निर्माण गर्न लागेको हो ।

२०० मेगावाट विद्युत प्रवाह हुने लाइन ३२.०५ किलोमिटर लामो विद्युत प्रसारण लाइन निर्माण गर्न लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अध्ययन पूरा भएको लाइनको निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ ।

विभागले अनुमतिपत्रको लागि ३५ दिने सूचना जारी गरेको छ । विभागले अनुमतिपत्र दिनु अघि लाइन निर्माण तथा सञ्चालन गर्दा पर्नसक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ ।

लाइनमा ८८ वटा एङ्गल टावर तथा १९ वटा सक्पेन्सन टावरहरू निर्माण हुनेछन् । टावरहरूको दुरी ७५ देखि ६२० मिटर सम्म हुनेछ । आयोजना निर्माणका लागि कुल ६२.३१२ हेक्टर जमिन आवश्यक पर्नेछ ।

लाइनको काम ३ वर्षभित्र सम्पन्न गर्ने गरी योजना बनाएको पनि प्राधिकरणले जनाएको छ । प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा भु–क्षय, बाढी, वायु प्रदुषण आदीद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit