विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत  प्राधिकरणले आगामी ८ वर्षभित्र विद्युत उत्पादन तर्फ साढे ४ अर्ब अमेरिकी डलर बराबरको लगानी आवश्यक पर्ने  प्रक्षेपण गरेकाे छ । प्राधिकरणकाे  निर्माणमा जान तयारी अवस्थामा रहेका ठूला जलविद्युत आयोजना निर्माण गर्न उक्त लगानी आवश्यक पर्ने देखिएकाे हाे ।

युएसइआइडी ऊर्जा नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको ऊर्जा क्षेत्रमा लगानी’ विषयक कार्यक्रममा आफ्नो प्रस्तुति दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमानले घिसिङले अध्ययन पूरा भइसकेर निर्माणमा जान तयारी अवस्थामा रहेका जलविद्युत आयोजनामा लगानी जुटाउने कार्य भइरहेको बताए ।

१०६१ मेगावाटको माथिल्लो अरुण, ६३५ मेगावाटको दूधकोसी, ४९० मेगावाटको अरुण–४, १०० मेगावाटको तामाकोसी–५, २१० मेगावाटको चैनपुर सेती र ६० मेगावाटको मोदी जलविद्युत आयोजना निर्माणमा जान तयारी अवस्थामा रहेको घिसिङले बताए ।

‘कम क्षमताका आयोजना भने आन्तरिक लगानी जुटाएर निर्माण गर्छौ, ठूला आयोजनामा वैदेशिक ऋणबाट लगानी जुटाउनु पर्छ’, उनले भने, ‘ठूलो आयोजनामध्ये माथिल्लो अरुणमा विश्व बैंकको ५५० मिलियन अमेरिकी डलर बराबरको लगानी प्रतिबद्धता भइसकेको छ ।’ दूधकोसी जलाशयमा पनि एडिबीले ५५० मिलियन अमेरिकी डलर बराबरकै लगानी गर्ने प्रतिबद्धता गरिसकेको छ ।

प्रसारण लाइन आयोजनाका लागि ४.५ अर्ब अमेरिकी डलर बराबरको लगानी आवश्यक पर्ने देखिएको छ । घिसिङका अनुसार विद्युत प्रसारण र वितरणतर्फको गुणस्तर सुधार तथा विद्युतीकरण विस्तारका लागि उच्च क्षमताको प्रसारण प्रणालीको सञ्जाल निर्माण गर्न यो लगानी आवश्यक देखिएको छ ।

७ वर्षको विद्युतको मागलाई प्रक्षेपण गरी उच्च क्षमताको प्रसारण सञ्जाल बनाउन सुरु भएको बताए । जसमा १२ हजार मेगावाट बढी विद्युत आदानप्रदान गर्न सकिने ५ वटा क्रस बोर्डर प्रसारण लाइन रहेको घिसिङले बताए । यो अवधिमा वितरणतर्फको पूर्वाधार निर्माण गर्न १.५ अर्ब अमेरिकी डलर लगानी चाहिने प्राधिकरणको प्रक्षेपण छ ।

कार्यक्रममा युएएआइडी अन्तर्गतकाे उर्जा नेपाल आयाेजनाका सतिश जोशीले सन् २०३५ सम्ममा उत्पादन, प्रसारण र वितरणतर्फको पूर्वाधार परियोजना निर्माणमा ठूलो रकम आवश्यक पर्ने बताए । उनका अनुसार उत्पादनतर्फ सन् २०३५ सम्ममा ६७५ अर्ब रुपैयाँ लगानी अर्थात वार्षिक ६७ अर्ब रुपैयाँ आवश्यक पर्ने  देखिएकाे छ ।

यस्तै, प्रसारण लाइनतर्फ ४९२ अर्ब रुपैयाँ वा वार्षिक ३८ अर्ब रुपैयाँ लगानी आवश्यक पर्छ भने सबस्टेसन निर्माण गर्न २७० अर्ब रुपैयाँ आवश्यक पर्ने बताए । 

ऊर्जा क्षेत्रमा विद्युत उत्पादन, प्रसारण र वितरणतर्फको पूर्वाधार परियोजना निर्माणमा आवश्यक पर्ने लगानी प्राधिकरणले नवीकरणीय ऊर्जा प्रवर्द्धन हुने गरी जुटाउने विविध विकल्पमा जानुपर्ने शतिसले बताए । ‘यसका लागि प्राधिकरणको साधारण सेयर निष्कासन, ‘ग्रीन बण्ड’, डिभेन्चर जारी तथा निजी क्षेत्रलाई पनि सहभाथि गराएर लानुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit