विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

सिन्धुपाल्चोक । सामुदायिक वन विकासका अभियन्ता तथा  सिन्धुपाल्चोकको ठोकर्पा सामुदायिक वनका जन्मदाता स्व. निलप्रसाद भण्डारीको नाममा ‘पर्यावरणीय पुरस्कार’ घोषणा गरिएको छ । भण्डारीको पहिलो स्मृति दिवसको अवसरमा १ लाख १ हजार १ सय रुपैयाँ राशीको पुरस्कार घोषणा गरिएको हो ।

भण्डारीकै योगदानलाई निरन्तरता दिने उद्देश्यले ठोकर्पामा वन अनुसन्धान केन्द्र निर्माण सुरु गरिएको छ । सामुदायिक वन तथा जलविद्युत् विकासलाई एक साथ अगाडि बढाउनुपर्नेमा स्व. भण्डारीले अभियान चलाउँदै आएका थिए ।

उनकै योगदानका आधारमा सरकारले ठोकर्पा सामुदायिक वनलाई विश्वकै पहिलो अभियानको रूपमा घोषणा गरेको छ । २०३१ साल फागुन २४ गते तत्कालीन वन सचिव थिरबहादुर रायमाझीले वृक्षारोपण गरेर ठोकर्पा सामुदायिक वनको सुरुवात गरेका थिए । उनले जीवनकालमा गरेका काम तथा योगदान एवं जीवनी समेत समेटिएको पुस्तक प्रकाशित गरिएको छ ।

पछिल्लो समय भण्डारीको अभियानमा सरिक हुँदै आएका उनकै भतिजा तथा जलविद्युत् विकासका अभियन्ता कृष्णप्रसाद भण्डारीले पनि सामुदायिक वन र जलविद्युत् एक साथ अगाडि बढाउनुपर्नेमा जोड दिँदै आएका छन् । निलप्रसादका जेठा छोरा उत्तम भण्डारीले अहिले ठोकर्पा सामुदायिक वनमा पिताको योगदानलाई निरन्तरता दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३