विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाले आगामी चैतदेखि विद्युत उत्पादन सुरु गर्ने भएको छ । लमजुङमा बुटवल पावर कम्पनी ( बिपिसी) को सहायक न्यादी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजना अबको साढे २ महिनाभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो ।

अहिलेसम्म आयोजनाको ९५ प्रतिशत निर्माण पूरा भइसकेकाले पछिल्लो तालिकाअनुसार नै विद्युत उत्पादन सुरु हुने बिपिसीका उपाध्यक्ष (अर्थ) राधेश्याम श्रेष्ठले बताए । उनका अनुसार आयोजनाको अन्तिम चरणको काम धमाधम भइरहेको छ ।

कोरोना (कोभिड–१९) महामारीका कारण सुरुका केही महिना आयोजनाको निर्माण प्रभावित भए पनि अहिले गति लिएको उनले बताए । ‘आयोजना यसअघि नै सञ्चालनमा ल्याउने तालिका थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘महामारीको असरले केही ढिला भयो, तर अब चैतभन्दा ढिलो हुँदैन । 

बाँध, सुरुङ र विद्युतगृहको संरचना तयार भइसकेका छन् । खनेर सकिएको मुख्य सुरुङको ढलान कार्य पनि पूरा भएको छ । विद्युतगृहमा उपकरण जडानको काम चलिरहेको छ ।

विद्युतगृहमा उपकरण जडान सकिएपछि परीक्षण सुरु गरिने श्रेष्ठले जानकारी दिए । आयोजनाबाट उत्पादन हुने विद्युत २२० केभी मस्र्याङ्दी कोरिडोरको खुदी सबस्टेसनमा लगेर जोड्ने तय भए पनि नेपाल विद्युत प्राधिकरणले निर्माण गरिनसकेकाले वैकल्पिकरूपमा माथिल्लो मस्र्याङ्दी ‘ए’ को विद्युतगृहभन्दा केही तल १३२ केभी भुलभुले–मस्र्याङ्दी प्रसारण लाइनमा जोड्ने गरी ९ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्ने भएको छ ।

यसअघि खुदी सबस्टेसनसम्म ५ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने सम्झौता थियो । आयोजना सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक १६८.५५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

आयोजना सम्पन्न गर्न करिब ६ अर्ब ४ करोड २८ लाख रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा नबिल, ग्लोबल आइएमई, हिमालय, सनराइज बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले ऋण लगानी गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit