विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल पावर एक्सचेन्ज कम्पनीले विद्युत उत्पादन गरिरहेका जलविद्युत केन्द्रलाई क्यू–३० मा झारेर सञ्चालन गर्न अध्ययन थालेको छ । उद्योगको विद्युत माग आन्तरिक उत्पादनबाट नै व्यवस्थापन गर्ने उद्देश्यले क्यू–४० का जलविद्युत केन्द्रलाई क्यू–३० मा झारेर अधिकतम क्षमतामा चलाउन अध्ययन थालिएको हो ।

उद्योगले अहिले पनि मागे जति विद्युत पाउन नसकेकाले सञ्चालनमा रहेका जलविद्युतगृह नै अधिकतम क्षमतामा चलाउने गरी अध्ययन थालेका कम्पनीका प्रबन्ध सञ्चालक आशिष गर्गले बताए । ‘जलविद्युतमा क्यू–३० को सीमा हटिसकेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिले सञ्चालनमा रहेका जलविद्युतगृहमा नै एउटा टर्वाइन थपेर स्रोतको अधिकतम उपयोग हुने गरी विद्युत उत्पादन गर्न सकिन्छ कि भनेर अध्ययन गरिरहेका छौं ।’

उनले देशभरमा उद्योगमा हुने विद्युत खपतको अवस्थाबारे पनि अध्ययन भइरहेको जानकारी दिए । उद्योगहरूको अधिकतम मागको अध्ययन गरी निजी क्षेत्रका जलविद्युतगृहबाट उत्पादन बढाएर आन्तरिक बजार व्यवस्थापनको काम कम्पनीले गरिरहेको उनले बताए ।

क्यू–४० का जलविद्युतगृहलाई क्यू–३० मा झारेर चलाउँदा देशभित्रको स्रोतको पूर्ण उपयोग हुने तथा उद्योगले पनि दिगो र गुणस्तीय विद्युत सेवा पाउने उनको भनाइ छ । कम्पनीको काम छिमेकी मुलुकमा विद्युत निर्यात गर्ने नभई आन्तरिक बजार खोज्ने पनि भएकाले उत्पादन र खपत बढाउने क्षेत्रको अध्ययन भइरहेको उनले बताए ।

कम्पनीले आन्तरिक तथा बाह्य बजारमा विद्युत व्यापार गर्ने स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आवेदन दिएको छ । सरकार परिवर्तनपछि मन्त्रालयमा ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा आइसकेकाले अब प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit