विद्युत अपडेट

  • प्राधिकरण : ९१६० मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५५९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २३१९२ मे.वा.घन्टा
  • आयात : ५१४१ मे.वा.घन्टा
  • निर्यात : १८२२ मे.वा.घन्टा
  • ट्रिपिङ : २१५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ४८२०३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४८० मे.वा.
२०८२ जेठ २८, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ट्रेन्डिङ

न्यादी जलविद्युत् आयोजना ३० मेगावाट

काठमाडौँ । ३० मेगावाटको न्यादी जलविद्युत्‌ आयोजनाको विद्युत्‌गृहसम्म पानी ल्याउन निर्मित पाइपलाइन अन्तर्गतको ६३ मिटर पर्खालमा गत भदौमा आएको बाढीका कारण क्षति पुगेको छ । यसको निर्माण गर्न करिब २ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

न्यादी हाइड्रोपावर लिमिटेडले लमजुङको न्यादी खोलामा निर्माण गरेको यस आयोजनामा ५ मेगावाटको सिउरी खोलाको विद्युत्‌गृहबाट निस्केको टेलरेसकाे पानीलाई ट्याप गरी न्यादीको विद्युत्‌गृहसम्म पुर्‍याएको छ । बाढीले सो पाइपलाइन अन्तर्गतको पर्खालमा क्षति पुर्‍याएपछि अहिले त्यसको मर्मत प्रक्रिया अगाडि बढाइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए ।

‘सिउरीको टेलरेसबाट निस्केको पानी ट्याप गरी न्यादीको सुरुङमार्फत विद्युत्‌गृहसम्म पुर्‍याइएको छ, बाढीले साेही टेलरेसकाे पानी ट्याप गर्न बनाइएकाे पर्खाल लगायतका केही सिभिल संरचनामा क्षति पुर्‍याएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘यो पर्खाल न्यादी हाइड्रोले नै बनाएको हुँदा अहिले पुनर्निर्माणको काम अगाडि बढाइएको छ ।’

कम्पनीका अनुसार अहिले आयोजनाबाट करिब १६ मेगावाट विद्युत्‌ उत्पादन भइरहेको छ । उत्पादित विद्युत्‌ नेपाल विद्युत प्राधिकरणको भुलभुले–मध्य मर्स्याङ्दी १३२ केभी प्रसारण लाइनमा जोडिएको छ । ६ अर्ब ४ करोड २८ लाख रुपैयाँ लागतमा पूरा भएको आयोजनाबाट वार्षिक १६ करोड ८५ लाख ५० हजार युनिट विद्युत्‌ उत्पादन हुँदै आएको छ । यद्यपि, न्यू मर्स्याङ्दी–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा ढिलाई हुँदा पूर्ण क्षमतामा विद्युत्‌ उत्पादन गरिएको छैन ।

सन् २००० मा लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) ले आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो । बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेड र लेड्कोको सहमतिपछि २०६३ फागुन १७ गते न्यादी कम्पनी खोलेर आयोजना अगाडि बढाइएको थियो । शुरूमा २० मेगावाट पहिचान भएको आयोजना क्षमता विस्तार गरी ३० मेगावाट पुर्‍याइएको थियो ।

न्यादी खोलामा बाँध बाँधेर फर्काइएको पानी करिब ४ किलोमिटर सुरुङ र साढे ७ सय मिटरको पेनस्टक पाइपबाट ठूली बेँसीस्थित विद्युत्‌गृहमा खसालिएको छ । यसको सिभिलतर्फको निर्माण चीनको झेजियाङ हाइड्रो पावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनी लिमिटेडले अध्ययन, खरिद र निर्माण (इपिसी) मोडलमा पूरा गरेको हो ।

एभरेष्ट बैंकको अगुवाईमा ६ वित्तीय संस्थाले आयोजनामा लगानी गरेका छन् । नबिल, ग्लोबल आइएमई, हिमालयन, सनराइज बैंक तथा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३