विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज २०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अविरल वर्षापछि देशभरि आएको ठूलो बाढीका कारण ४५६ मेगावाटकाे माथिल्लो तामाकोसी निजी क्षेत्रका ७ जलविद्युत्‌गृहबाट हुने बिजुली उत्पादन पूर्ण रूपमा ठप्प पारिएको छ । ती विद्युतगृहहरू बन्द हुँदा ६४० मेगावाट बराबरकाे बिजुली उत्पादन हुन सकेकाे छैन ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार शनिबार बिहान १ः४३ बजेदेखि ४५६ मेगावाटको माथिल्लो तामाकोसीको उत्पादन पूर्ण रुपमा ठप्प पारिएको छ । त्यस्तै, शनिबार बिहान ४ः१० बजेदेखि ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए र शुक्रबार राति ८ः४६ देखि १० मेगावाटको सुनकोसी गरी प्राधिकरण तथा यसका सहायक कम्पनीको कूल ५२६ मेगावाट बराबरकाे जलविद्युत् उत्पादन हुन सकेकाे छैन ।

यसैगरी, निजी क्षेत्रबाट सञ्चालित ४० मेगावाटको माथिल्लो चमेलिया, ३६ मेगावाटको बलेफी, २० मेगावाटको तल्लो मोदी, १८ मेगावाटको मध्यमोदी बन्द हुँदा कूल ११४ मेगावाट बिजुली  उत्पादन ठप्प भएको छ । बाढीका कारण १४४ मेगावाटकाे कालिगण्डकी 'ए'बाट ६० मेगावाट, ८६ मेगावाटकाे साेलु-दूधकाेसीबाट ५० मेगावाट, लिखु–१ बाट ४७ मेगावाट, लिखु–२ बाट २९ मेगावाट, मध्य-तमोरबाट ३८ मेगावाट, प्राधिकरणकाे चमेलियाबाट १४ मेगावाट, मोदीबाट ७ मेगावाट, त्रिशूलीबाट ६ मेगावाट देवीघाट जलविद्युत्‌गृहबाट ५ मेगावाट बिजुली उत्पादन भइरहेकाे जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३