विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले ४९ मेगावाट बराबरकका जलविद्युत् आयोजनामा लगानी गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आज सम्पन्न वार्षिक साधारणसभाले उक्त प्रस्ताव गरेको हो ।

साधारणसभाले विशेष प्रस्तावको रूपमा कम्पनीको आर्थिक वर्ष (आव) २०८०/०८१ सम्मको जगेडा कोष तथा सेयर प्रिमियमबाट प्राप्त मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, यस अगाडि घोषणा भएको ९.५१३५ प्रतिशतबाट बाँकी रहेको ४.२५०३ प्रतिशतले हुने रकम कम्पनीको जगेडा कोष कायम रहने पनि कम्पनीका अध्यक्ष सिर्जना खड्काले जानकारी दिइन् ।

यसैगरी, उसको सहायक कम्पनी अपि इन्फ्रा लिमिटेडमा १०० प्रतिशत सेयर स्वामित्व रहने गरी लगानी गर्ने प्रस्ताव अगाडि सारेको छ । उक्त कम्पनीले ललितपुरको झम्सिखेलमा अवस्थित ४३ इकाई सहितको ९ तल्ले आवासीय भवन बनाउने कार्य अगाडि बढाइसकेको जनाएको छ।

यसबाहेक अपि पावरको बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनी लिमिटेडमा लगानी गर्ने ९.७ मेगावाटको न्वागाड साना जलविद्युत आयोजना निर्माण गर्ने प्रस्ताव पनि पारित गरिएको छ। साथै, सुदूरपश्चिम प्रदेशमा रहेको  दार्चुला पावर कम्पनी लिमिटेडमा लगानी गरी मध्यचमेलिया (२८.३ मेगावाट) निर्माण गर्ने प्रस्ताव पनि सभाबाट अनुमोदन गरlएको छ।

यता, अपिको बहुमत लगानी रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत आयोजना (११ मेगावाट) निर्माण अन्तिम चरणमा रहेको र साधारणसभाले उक्त लगानी समेत अनुमोदन गरेको जनाइएको छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिसकेको  छ।

कम्पनीको साधारणसभाबाट ३ जना सर्वसाधारण सञ्चालक मधुसुदन कोइराला, सञ्जिव न्यौपाने र द्वारिका न्यौपाने तथा महिला सञ्चालकमा सिर्जना खड्का नियुक्त भएकाे जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३