विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाली बजारमा आइमा इलेक्ट्रिक स्कुटर बिक्री-वितरण गरिरहेको हिमाल ईभी मोटर्सले ‘नयाँ बर्षको बहार आइमा उपहार’ नामक नयाँ वर्ष अफर ल्याएको छ । मोटर्सले आइमाका स्कुटरको खरिदमा २५ हजार रुपैयाँ सम्मको बम्पर छुट दिने अफर ल्याएको हो ।

नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा आइमाले नेपालमा आफ्नो विभिन्न मोडलका स्कुटरहरूमा बम्पर छुटको अवसर लिएर आएको बताइएको छ । यो बम्पर छुटको अभियान अन्तर्गत ग्राहकहरूले १ लाख ८४ हजार रुपैयाँको टाइगर एस ३ मोडल खरिद गर्दा २४ हजार र ३ लाख ३३ हजार मूल्यको टाइगर एस ६११ खरिद गर्दा २५ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् ।

यी दुबै मोडलहरूको छुट पछिको मूल्य क्रमशः १ लाख ६० हजार र ३ लाख ५ हजार मात्र हुनेछ । ग्राहकहरूले आइमाको बम्पर नगद छुट मात्र नभई हरेक स्कुटरको खरिदमा एउटा हेलमेट सित्तैमा उपहार पनि पाउन सक्नेछन् । साथै, चालु आर्थिक वर्षको कर समेत आइमाको बिक्रीकर्ताले नै भुक्तान गरिदिनेछ भने ईएमआई फाइनान्सिङ र एक्सचेन्जको सुविधालाई समेत यथावत राखिएको छ ।

ग्राहकहरूले हाल प्रयोग गरिरहेका जुनसुकै कम्पनीका पेट्रोल वा विद्युतबाट चल्ने पुराना बाइक तथा स्कुटर आइमा बिक्रेताको शोरुममा साटेर नयाँ आइमा स्कुटर खरिद गर्न सकिने सुविधा समेत उपलब्ध छ । चैत्र १५ गते देखि प्रारम्भ भएको यो बम्पर अफर आगामी २०८० बैशाख ३१ गते सम्मको लागि मान्य हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit