विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक ९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) दक्षिण एसियाली विभागका उपमहानिर्देशक सिन्डी माल्भिसिनीले निर्माणाधीन १४० मेगावाटकाे तनहुँ र ६०० मेगावाटकाे दूधकाेसी जलाशय जलविद्युत् आयाेजना निर्माणमा सहजीकरण गरिदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग अनुराेध गरेकी छन् । ऊर्जा मन्त्रालयमा असोज १५ गते ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री दीपक खड्कासँगको भेटका क्रममा उनले यस्तो अनुराेध गरेकी हुन् ।

साेही क्रममा मन्त्री खड्काले एडीबीको लगानीमा निर्माण भएका आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न सरकार लागिपरेको उल्लेख गर्दै निर्माणका क्रममा देखिएका चुनौतीलाई सरकारले चाँडो सम्बोधन गर्ने बताए । आयोजना निर्माणका क्रममा गर्नुपर्ने अन्तरमन्त्रालय समन्वय गर्न समेत सरकारले ध्यान दिएको उनले आश्वस्त पारे ।

मुलुकका दुई ठूला राजनीतिक दल मिलेर दरिलो सरकार गठन भएकाले ढुक्क भएर नेपालमा लगानी गर्न पनि खड्काले एडीबीलाई आग्रह गरे । उहाँले नेपाल मध्यम आय भएको देशमा रूपान्तरण हुने बाटोमा अगाडि बढेकाले यमसा एडीबीको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरेका थिए ।

त्यसै क्रममा उपमहानिर्देशक माल्भिसिनीले तनहुँको निर्माण समयमै पूरा गर्न तथा दूधकोशीलाई निर्माणमा लैजान देखिएका समस्या समाधानका लागि सहजीकरण गरिदिनुपर्नेमा जोड दिएकी थिइन् । उनले नेपालमा विकास निर्माणको वातावरण सुनिश्चित गरे एडीबीले धेरै क्षेत्रमा सहयोग गर्ने बचन दिएकी थिइन् ।

उक्त भेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी, एडीबी नेपालका आवासीय निर्देशक अर्नो कुस्वा लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३