विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक २, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । देशका सातै प्रदेशमा बिहीबारबाट शुरू भएको भारी वर्षा आइतबारसम्म कायम रहेन जल तथा मौसम विज्ञान विभागले जनाएको  छ । बंगालको खाडी र अरब सागरबाट उच्च जलवाष्पसहितको वायु नेपाल प्रवशे गरेकोले हाल उच्च वर्ष भइरहेको विभागका मौसमविद्हरूले बताएका छन् । नेपालबाट मनसुन समेत नबाहिरिएको र असोज २१ सम्ममा बाहिरिने सम्भावना रहेको उनीहरूको भनाइ छ । 

भारी तथा अतिभारी वर्षाको सम्भावना रहेका ५६ जिल्ला  

भारी तथा अतिभारी वर्षाको सम्भावना भएका जिल्लाहरूमा कोशी प्रदेशका झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम पाँचथर र मोरङ छन् । 

मधेशका सिरहा, सप्तरी र पर्सा छन् । बागमतीको मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप छन् । 

गण्डकीका, म्याग्दी, वाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा, मनाङ छन् । 

लुम्बिनीका रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया छन् । 

कर्णालीका जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान र सुदूरपश्चिमका डोटी, कैलाली र अछाम छन् । 

विभाग तथा विज्ञहरूले सार्वजनिक गरेको मौसमसम्धी सूचनापछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक सूचना जारी गरी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

उल्लिखित जिल्लामा विपद्‌का घटना बढ्न नदिन निम्नअनुसार सतकर्ता अपनाउन प्राधिकरणको आग्रह छ : 

१. रातको समयमा यात्रा गर्दा पहिरो तथा बाढीको आँकलन गर्न कठिन हुने भएकोले उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा असोज ११ र १२ गते रात्रीकालीन बस नचलाउने ।

२. धान नकाट्ने, काटिसकेको भए तत्काल धन्काउने ।

३. तराई तया मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अज्ञात नराखे ।

४. पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउने। दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजाने ।

५. खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय एवं स्वयंसेवकहरू तयारी अवस्थामा रहने ।

६. यस अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक गाचा नगर्ने ।

७. बादत गर्नेको र बटवा परिराको बेला रुखमुनि बलेनीमा वा घरबाहिर नबस्ने ।

८. पूर्वतयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरू जिन्ता विपद् व्यवस्थापन समिति र स्थानीय विषद् व्यवस्थापन समितिसँग समन्वयमा रही ‘अलर्ट’ मा रहने ।

९. विपद्‌को जोखिममा रहेका नागरिकलाई सम्बन्धित निकायले सुरक्षित आश्रयस्थलमा सार्ने।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३