विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

बझाङ । छविसपाथिभेरा गाउँपालिका–७ मजखोरीमा सिँचाइ पोखरी निर्माण गरिपछि किसान लाभान्वित भएका छन् । यहाँ खेती गर्न आकाशे पानीको भरपर्ने अवस्था हटेको छ । 

आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बझाङको सहयोगमा निर्माण गरिएको पोखरीले मजखोरीका किसानलाई राहत भएको स्थानीय किट्टी धामीले बताए ।

उनले हाल आकाशे पानीको भर पर्दा जमिन नै बाँझो राख्नुपर्ने अवस्था हटेको बताए । विगतमा करेसाबारीका लागि पनि पानी नहुँदा समस्या हुने गरेको स्मरण गर्दै धामीले अचेल किसानका खेत बाँझो नरहने अवस्था निर्माण भइरहेको बताए ।

यहाँ छिमेकी गाउँ बुड्खोरीबाट ल्याइएको पानी ९६ हजार लिटर पानी अटाउने पोखरी निर्माण गरेर व्यवस्थापन गरिएको स्थानीय सुनिल मण्डेलले बताए । ‘यहाँ कृषि पेसा गर्ने ७७ परिवारले अब आकाशे पानीको भरपर्ने अवस्था छैन । हिउँदेयाममा सबैको खेत बाँझै रहने, सामान्य तरकारी पनि फलाउन नसक्ने अवस्था भएपछि योजना माग गरेका थियौँ । कार्यान्वयन भएकामा निकै खुसी भएको छौँ’, उनले भने ।

मजखोरी सिँचाइ निर्माण उपभोक्ता समितिका अध्यक्ष सुवास मण्डेलले १ हजार ५०० मिटरको एकसय १० एमएमको मोटो पाइप, १०० मिटर फलामे (जीआई) पाइप, १३ वटा इन्टेक निर्माण गरेर पानी वितरण गरेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३