विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । आँखु खोला जलविद्युत कम्पनी लिमिटेडले करिब साढे २ करोड रुपैया खुद नाफा कामाएको छ । कम्पनीले सार्वजानिक गरेको आर्थिक वर्ष २०७८/७९ को वित्तिय विवरण अनुसार कम्पनीले खुद नाफा कामाएको देखिएको हो ।

असार सम्मको अवधिमा २ करोड ४८ लाख १३ हजार ८ सय ४ रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अघिल्लाे वर्षको तुलनामा भने नाफा बढेको हो । गत वर्ष १० लाख ५२ हजार ३ सय २७ रुपैयाँ खुद नाफा कमाएको थियो ।

 कम्पनीले यस अवधिमा विद्युत बिक्री गरी २२ करोड २९ लाख ८२ हजार ९४ रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले गरेको आम्दानी पनि गत वर्षको तुलनामा बढेको हो ।  गत वर्ष १९ करोड ३५ लाख ७८ हजार १ सय ५२ रुपैयाँ आम्दानी गरेको थियो । 

यस्तै, कम्पनीले अन्य स्रोतबाट हुने अाम्दानी भने घटेकाे जनाएकाे छ । गत वर्ष ९ लाख ३१ हजार ८ सय रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले अन्य स्रोतबाट असार सम्मको अवधिमा ७ लाख ९३ हजार ९ सय ७१ रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको धादिङ जिल्लामा रहेको ८.४ मेगावाटको आँखु खोला–१ जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०७० भदौ ८ गतेदेखि निरन्तर विद्युत उतपादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३