विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज (बुधबार, बैशाख १४ गते) देखि औद्योगिक क्षेत्रमा घोषितरूपमा विद्युत कटौती गर्ने भएको छ । गत सातादेखि अघोषित कटौती भइरहे पनि अब जानकारी दिइने भएको हो ।

अनियमित र अनियन्त्रित हिसाबमा भइरहेको विद्युत कटौतीका विषयमा औद्योगिक क्षेत्रबाट गुनासो आउन थालेपछि प्राधिकरणले पत्रकार सम्मेलन नै गरेर आपूर्ति व्यवस्थापन गर्ने जानकारी दिएको छ । रुस र युक्रेनबीचको युद्धका कारण भारतको कोइला आयातमा संकट गहिरिँदै जान थालेपछि त्यसको प्रत्यक्ष मार नेपालमा परेको छ ।

नेपालले भारतबाट आयातित कोइलाबाट उत्पादित विद्युतमात्र किन्दै आएको र मागको हिस्सामा खरिद हुने परिमाण ४–५ सय मेगावाटसम्म हुने हुँदा यसको अभावमा औद्योगिक क्षेत्रमा कटौती गर्नुपरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘हामीले आदानप्रदान सम्झौता अनुसार बिहारबाट लिने विद्युत कटौती भयो, बिहारले राति मात्र होइन दिउँसो पनि दिन नसक्ने जनाएको छ,’ उनले भने, ‘यसो हुँदा औद्योगिक क्षेत्रलाई समस्या पर्ने भयो ।’

प्राधिकरणले बिहार राज्यबाट औसतमा ३०० मेगावाटसम्म विद्युत खरिद गरिरहेकोमा गत साताबाट रातिको समयमा दिन नसक्ने जनाएको थियो । त्यहाँ पनि ऊर्जा संकट गहिरिँदै गएको र दैनिक १५ घन्टासम्म लोडसेडिङ गर्नुपरेको अवस्थालाई चित्रित गर्दै नेपाललाई दिउँसो समेत विद्युत दिन नसक्ने जनाएको छ ।

नेपालमा मौसम सुरु भई पानी नपर्दासम्म र खोला तथा नदीमा पानीको बहाब नबढ्दासम्म विद्युत आपूर्तिमा सुधार हुने अवस्था देखिँदैन । प्रतिकूल अवस्थालाई सन्तुलनमा राख्न केही समय (१५–२० दिन) औद्योगिक क्षेत्रले समस्या भोग्नुपर्ने घिसिङको भनाइ छ ।

नेपालको केन्द्रीय प्रणालीमा अहिले २२०० मेगावाट जडित क्षमताको विद्युत उपलब्ध छ । तर, हिउँदको उत्पादन ८–९ सय मेगावाटभन्दा हुँदैन । उता उच्च माग १४–१५ सय मेगावाटसम्म हुने गरेको छ । माग र आपूर्तिबीचको अभाव भारतबाट आयात गरेर पूर्ति गर्ने गरिएको छ ।

घिसिङका अनुसार बिहारबाट के कति परिमाणमा विद्युत आयात गर्न सकिन्छ, त्यसको आधारमा कति घन्टा विद्युत कटौती हुने भन्ने तय गरिनेछ । हरेक १५ मिनेटमा परिवर्तन भइरहने ९६ ब्लकको भारतीय विद्युत एक्सचेन्ज बजारमा खरिदका लागि प्रस्ताव गरिएअनुसारको परिमाणमा विद्युत नपाउँदा पनि समस्या देखिएको घिसिङले उल्लेख गरे ।

द्विपक्षीय सम्झौता अनुसार (ढल्केबर–मुजफ्फरपुर ४०० केभीबा ३५० मेगावाट र टनकपुरबाट ६५ मेगावाट) बाट करिब ४५० मेगावाटसम्म विद्युत किन्नका लागि प्रस्ताव पेश (बिड) गर्न पाइन्छ । तर, प्राधिकरणले उक्त परिमाणका लागि प्रस्ताव हाले पनि न्यूनतम ७० र बढीमा १५० मेगावाटसम्म पाइरहेको छ ।

उता बिहार राज्यबाट खरिद हुने विद्युतमा समेत कटौती हुँदा समस्या बढ्दै गएको पनि घिसिङले दोहोर्याए । यो समस्या कहिलेसम्म रहन्छ भन्ने यकिन नरहे पनि विद्युत कटौतीका विषयमा अग्रिम जानकारी दिएर व्यवस्थापन गरिने बताइएको छ ।

प्राधिकरणले भारतीय बजारमा पेश गरेको विद्युत खरिदको प्रस्तावको जानकारी हरेक दिन ५ बजेभित्र आउने र सोही आधारमा औद्योगिक क्षेत्रमा विद्युत कटौतीको जानकारी ६ बजे दिने जनाएको छ । हरेक दिनको ६ बजेदेखि भोलिपल्ट अपरान्ह १२ बजेसम्म के कति घन्टा विद्युत कटौती हुन्छ यसबारे जानकारी दिइनेछ ।

याे पनि पढ्नुहाेस्

औद्योगिक क्षेत्रमा दैनिक १५ घन्टासम्म विद्युत कटौती, प्राधिकरण सूचना दिँदैन न केही बोल्छ

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit