विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
सेती नदीमा लगानी जुट्यो, ३ वित्तीय संस्थाले साढे ३ अर्ब ऋण दिने

काठमाडौं । २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाले लगानी जुटाएको छ । कास्कीको सेती नदीमा निर्माण सुरु भएको आयोजनामा एनएमबी बैंकको अगुवाईमा ३ बैंक तथा वित्तीय संस्थाले साढे ३ अर्ब रुपैयाँ ऋण लगानी गर्न लागेका हुन् ।

आयोजनामा एनएमबिसहित कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले ऋण लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । बैंक र आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच बिहीबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार अगुवाई गरेको एनएमबि बैंक एक्लैले २ अर्ब २० करोड रुपैयाँ आयोजनामा लगानी गर्न लागेको कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले बताए । उनले कर्मचारी सञ्चय कोषले ८० र कृषि विकास बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गर्न लागेको बताए ।

कूल ५ अर्ब लागत अनुमान गरिएको आयोजनामा बैंक तथा वित्तीय संस्थाले गर्न लागेको लगानी ७० प्रतिशत हो । ३० प्रतिशत (डेढ अर्ब रुपैयाँ) प्रवद्र्धकको स्वपुँजी लगानी हुनेछ । आयोजनामा देशका ठूला सहरका प्रतिष्ठित घरानाले स्वपुँजी लगानी गरेको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न भएपछि प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणमा सेयर निष्कासन गरेर पनि स्वपुँजी लगानी जुटाइनेछ । आयोजना निर्माण थाल्नुअघिका सबै कानुनी प्रक्रिया पूरा भइसकेको छ ।

हाइड्रो कन्सल्ट एण्ड विडिए जेभीले आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिसकेको छ । कम्पनीले आयोजनाको पहुँच मार्ग निर्माण तथा आवश्यक जग्गा अधिग्रहण गरिसकेको पाेखरेलले जानकारी दिए ।

२०७९ साउनभित्र आयोजना सम्पन्न गरेर विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत विद्युतगृहबाट ४ किलोमिटर टाढाको १३२ केभी लाहाचोक सबस्टेसनमा लगेर जोडिनेछ । ४ किलोमिटर प्रसारण लाइन कम्पनीले नै निर्माण गर्नेछ । आयोजनाले वार्षिक १४८ गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit