विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १५, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले देशभरमा ४ लाख २६ हजार घरायसी बायोग्यास प्रविधि जडान गरेको छ । केन्द्रले साढे २७ वर्ष (२०४८ देखि २०७६ पुस) मा विदेशी विकास साझेदार निकायको आर्थिक अनुदान सहयोगमा ग्रामीण कृषकका घरमा बायोग्यास प्रविधि पुर्याएको हो ।

घरायसी बायोग्यास ग्रामीण क्षेत्रका लागि खाना पकाउन उत्तम प्रविधि साबित भएकाले लाेकप्रियता बढ्दै गएकाे केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले बताए । उनले आफ्नाे कार्यकालकाे पहिलाे वर्ष पूरा भएकाे अवसरमा पत्रकार सम्मेलन आयोजना गरी विभिन्न चरणमा सञ्चालन भएका कार्यक्रममार्फत यी बायोग्यास प्लान्ट जडान गर्न सम्भव भएको बताए ।

‘ग्रामीण कृषकका लागि बायोग्यास प्रविधि पहिलो रोजाइ बनेको छ,’ उनले भने, ‘घरायसी बायोग्यासको संख्या अझै बढाउने योजना छ ।’ उनले नेदरल्याण्ड र जर्मनीको आर्थिक सहयोगकमा सरकारले सञ्चालन गरेको बायोग्यास प्रवर्द्धन कार्यक्रम (बिएसपी) अन्तर्गत २ लाख ६८ हजार प्लान्ट जडान भएकाे बताए । बाँकी १ लाख ५८ हजार पछिल्लो साढे ७ वर्षमा जडान भएकाे केन्द्रकाे तथ्याङ्क छ ।

२०६८ देखि २०७४ सम्म सञ्चालित राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रम (एनआरआरइपी) अन्तर्गत ८५ हजार प्लान्ट जडान भएका थिए । केन्द्रले नवीकरणीय ऊर्जा नीति र कार्यविधिका आधारमा घरायसी बायोग्यास प्लान्टमा लक्षित वर्गलाई अनुदान दिँदै आएको छ ।

ग्रामीण कृषकले पालेका पशुको गोबरबाट सञ्चालन हुने एउटा प्लान्टले वार्षिक १.२५ रुख जोगाउने गरेको अध्ययनबाट पुष्टी भएको केन्द्रको भनाइ छ । ग्यास उत्पादन भइ निष्किएको गोबरबाट वार्षिक १.७५ टन मल उत्पादन हुन्छ । एउटा प्लान्टले वार्षिक ७.४ टन हरितगृह घटाइ पर्यावरण जाेगाउन मद्दत गर्छ ।

गोबरबाट निस्कने ग्यासले वातावरण प्रदुषण रोक्नुका साथै ग्रामीण महिलाको स्वास्थ्यमा सुधार भएकाले यो प्रविधिको अझै विस्तार हुने अधिकारीले बताए ।
अहिलेसम्म जडान भएकामध्ये ५० प्रतिशत प्लान्ट स्वच्छ विकास संयन्त्र (सिडिएम) मा आवद्ध भई कार्बन व्यापार गरिरहेको उनले बताए । सिडिएममा दर्ता भइ कार्वन उत्सर्जन घटाएबापत यी प्लान्टबाट राज्यले वार्षिक १ अर्ब ५२ करोड ६ लाख ७६ हजार रुपैयाँ आम्दानी गर्दै आएको छ ।

यस्तै, २ सय ८१ वटा संस्थागत, सहरी तथा व्यावसायिक बायोग्यास प्लान्ट निर्माण भई सञ्चालनमा छन् । पाइपलाइन तथा सिलिन्डरमा भरेर बिक्री वितरण गर्ने उद्देश्यले यी प्लान्टको निर्माण गरिएको केन्द्रले जनाएको छ । अहिले सहरी क्षेत्रमा उत्पादन हुने फोहोरको उपयोग गरेर ग्यास उत्पादन गर्ने गरी डेढ सय बढी ठूला बायोग्यास प्लान्ट निर्माणाधीन छन् । केन्द्रसँग सम्झौता गरेर निजी कम्पनीले यी बायोग्यास प्लान्ट निर्माण गरिरहेका हुन् । नेपालमा पहिलो पटक सन् १९५५ मा गोबर ग्यास प्लाट प्रविधि भित्रिएको थियो ।

यस्तै, केन्द्रले २ लाख ४३ हजार २ सय ९२ घरधुरीमा लघु तथा साना जलविद्युत आयोजनाबाट विद्युतीकरण गरेको छ । स्थानीय समुदायसँगको साझेदारीमा ३४.७५६ मेगावाटका लाघु तथा साना जलविद्युत आयोजनामा लगानी गरेर विद्युतीकरण गरिएको छ । २ लाख ७५ हजार घरधुरीमा सुधारिएको पानीघट्ट, ९ लाख १६ हजार घरधुरीमा घरेलु सौर्य ऊर्जा प्रविधि पुगेको छ । सहरी सौर्य ऊर्जा प्रविधिबाट २१ हजार घरधुरी र संस्थागत सौर्य ऊर्जा प्रविधिबाट २ हजार घरधुरीमा सेवा पुर्याएको केन्द्रको दाबी छ ।

यसैगरी, सौर्य/वायु मिनी ग्रिड कार्यक्रममार्फत ६ सय ९१ किलोवाट विद्युत उत्पादन गरेर दुर्गम गाउँका साढे ४ हजार घरधुरीमा विद्युतीकरण गरिएको छ । ८ हजार ६ सय ११ घरधुरीमा सुधारिएको फलामे चुलो तथा १४ लाख २३ हजार घरधुरीमा सुधारिएको माटोको चुलो जडान गर्न केन्द्र सफल भएको छ । अहिलेसम्म नवीकरणीय ऊर्जा प्रविधि जडानबाट देशभरमा ३४ लाख ३ हजार ४ सय ४५ घरधुरी लाभान्वित भएकाे केन्द्रले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३