विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । झापाको दमकमा फोहरबाट उत्पादन भएको ग्यास बिक्री गर्न पाइपलाइन नहुँदा खेर गइरहेको छ । दमक नगरपालिका–२ मा नेक्स इरा इनर्जीले फोहर प्रशोधन गरी उत्पादन गरेकाे ग्यास बिक्री गर्न पाइपालाइन बन्न नसक्दा विगत ५ महिनादेखि खेर गइरहेको हो ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा निर्मित यो प्लान्टबाट दैनिक ८४ केजी बायोग्यास उत्पादन हुन्छ । २० करोड ५८ लाख रुपैयाँमा निर्मित प्लान्टमा केन्द्रको  ५ करोड ८८ लाख र बाँकी नेक्स इरा इनर्जीको लगानी छ ।

प्लान्ट निर्माण पूरा गरी सञ्चालनमा आएको ५/६ महिना भइसकेको नगरपालिका, फोहोरमैला व्यवस्थापन शाखाका अधिकृत दौर्ण बहादुर थापाले बताए । उनका अनुसार लामो समयदेखि प्लान्टबाट उत्पादन भएकाे ग्यास हावामा उडिरहेको छ ।

‘प्लान्ट निर्माणको क्रममा ग्यास पाइपलाइनबाट वितरण गरिने भनिएको थियो’, उनले ऊर्जाखबरसँग भने, ‘पछि पाइपलाइन बन्न सकेन, जसले गर्दा उत्पादित ग्यास हावामा उडिरहेको छ ।’

‘अहिले कम्पनीले ग्यास सिलिन्डरमा भरेर वितरण गर्ने तयारी गरिरहेको छ, यसका लागि प्रक्रिया अगाडी बढाइरहेको छ’ उनले भने । प्लान्ट निर्माण भइसकेपछि सञ्चालनका लागि सरकारले सहयोग नगरेको इनर्जीका सञ्चालक युवराज घिमिरेले बताए ।

कुहिने र नकुहिने फोहर बेग्ला–बेग्लै संकलन गरेर प्रशोधनका लागि ल्याएर ग्यास उत्पादन गरिने जनाइएको छ । कुहिने फोहाेरबाट ग्यास बन्नका लागि १४ देखि २१ दिनसम्म लाग्छ ।

कुहिने फोहरलाई लेदो बनाएर प्रशोधन गरी ग्यास र प्राङ्गरिक मलका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । दैनिक १० हजार किलो प्राङ्गरिक मल र ७ हजार ५ सय लिटर झोल मल उत्पादन गर्न सक्ने प्लान्टको क्षमता छ ।

दमक क्षेत्रमा दैनिक १५ टन फोहर संकलन हुने गरेको छ । यो परियोजना विसं २०७६ माघ १० गते सम्झौता भएर काम अघि बढेको थियो । सम्झौताअनुसार २० वर्षपछि यो योजना दमक नगरपालिकाकै मातहतमा आउने छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit