विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८७१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६४६९ मे.वा.घन्टा
  • आयात : २२११ मे.वा.घन्टा
  • निर्यात : ४६६८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४५१५३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २११७ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पोखरा महानगरपालिका-३२ मझुवामा निर्माण भएको वयोग्यास प्लान्टले दैनिक ४० सिलिन्डर वायाेग्यास उत्पादन गरिरहेकाे छ । गण्डकी ऊर्जाले निर्माण तथा सञ्चालन गरेकाे प्लान्टले ग्यास उत्पादन गरिरहेकाे हाे ।

प्लान्टमा अहिले गाई भैंसीको गोबर, कुखुराको सुली, बंगुरको खोरबाट निस्केको लिदी, ऊखु मिलबाट निस्केको फोहोरलगायत दैनिक २५ टन फोहोर प्रशोधन गरी नियमित ग्यास उत्पादन भइरहेकाे गण्डकी ऊर्जा प्रालिका सञ्चालक कुशल गुरुङले बताए । उनका अनुसार प्लान्टले ग्यास उत्पादनसँगै दैनिक ५ टन मल पनि उत्पादन गरिरहेकाे छ ।

प्लान्टले वायाेग्यास र मल बिक्रीबाट आम्दानी गर्न सुरु गरेको पनि उनले बताए । प्लान्टबाट उत्पादन हुने ग्यास स्थानीय उद्योग र रेष्टुरेन्टमा खपत भईरहेको गुरुङले बताए ।

उत्पादन भएकाे वायाेग्यास सिलिन्डरमा भरेर बिक्री वितरण गरिएकाे छ । ‘घरयासी प्रयोजनमा प्रयोग गर्नका लागि भने घर घर पुर्याउनु पर्ने पाइप लाइन विस्तार गर्नेबारे सरकारको स्पष्ट नीति नहुँदा समस्या भएको छ, उनले भने, ‘अहिले सिलिन्डरमा भरेर बिक्री गरिरहेका छाैं।’

ग्यास भरेकाे सिलिन्डरकाे ताैल धेरै हुने तथा महंगाे हुने हुँदा सुरुवातमा केही कठिनाइ भएकाे उनले बताए । प्लान्टबाट दैनिक २ सय सिलिण्डर ग्यास उत्पादन गर्ने लक्ष्य छ ।

प्लान्ट सञ्चालन गर्न पोखरा महानगरपालिकाले फोहोर खपत गर्ने अनुमति दिएको छ । महानगरपालिकाको तरकारी बिक्री स्थलबाट उत्पादन हुने फोहोर टुक्रा पार्ने मेसिन समेत जडान गरिसकेको उनले जानकारी दिए । अब छिट्टै तरकारीकाे फोहोर खपत गर्न सुरु गरिने गुरुङले बताए ।

प्लान्टबाट उत्पादन भएको ग्यासमा ९० प्रतिशत मिथेन हुने तथा आयातित एलपि ग्यासको तुलनामा किफायती र बढी प्रज्वलनशिल भएको उनले दाबी गरे । गुरुङका अनुसार १० सिलिण्डर एलपी ग्यास खपत हुँदा ६ सिलिन्डर वायोग्यास हुन्छ ।

२०७४ बैशाखबाट निर्माण सुरु भएको प्लान्ट पूरा गर्न करिब २५ करोड रुपैयाँ खर्च भएको छ । प्लान्टमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र कुषि मन्त्रालयले आर्थिक अनुदान सहयोग गरेको छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३