विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ चैत १, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दाङ । तुलसीपुर उपमहानगरपालिका–१४  मटेराका ५२ वर्षीय पुर्णबहादुर चौधरी खेती किसानीमा व्यवसायमा संलग्न छन् । उनले तोरी, चना, केराउ खेतीबाट प्रशस्त आम्दानी गरेका छन् । लिफ्ट सिँचाइले उनी सफल किसान बनेका हुन् ।

‘पहिले ९ बिघा जमिनमा  तोरी, चना र केराउखेती गरे पनि  उत्पादन कम हुन्थ्यो  तर अहिले  पहिलेको तुलनामा १० गुणाबढी उत्पादन हुन्छ । लिफ्ट सिँचाइका कारण यो सब सम्भव भएको हो’, उत्पादन वृद्धिको रहस्य सुनाउँदै उनले भने ।

उनले पाँच बिघामा तोरी  र बाँकी भूमिमा  केराउ तथा चनाखेती गरेका छन् । उनी बेमौसमी सागसब्जी लगाउने योजनामा छन् । कृषि उपज बेचेर बितेको याममा आफूले पाँच लाख रूपैयाँ बचत गरेको उनले बताए । उनी कृषि औजरको भरपूर उपयोग गर्ने किसानका रुपमा पनि मटेरामा परिचित छन् । पूर्व वडासदस्य उनी हिजोआज राजनीतिबाट अलग छन् । यद्यपि सामाजिक काममा गाउँलले उनलाई नै सम्झन्छन् । 

मुश्किलले एक याममा मात्र खेती हुने मटेरामा हिजोआज सधैँ खेती हुने गरेको छ । साजसब्जी फलाउने गाउँका रुपमा यो गाउँको नयाँ परिचय पनि थपिएको छ । यही गाउँकी ४४ वर्षीया अष्टुमी चौधरीले तोरी तथा सागसब्जी बेचेर आर्थिकरुपमा आफू आत्मनिर्भर भएको बताएका छन् । उनले ३ बिघामा तोरी र ३ बिघामा सागसब्जी रोपेका छन् । उनी आफ्ना उत्पादन स्वयं बजार पुर्‍याउँछन् र आफै बेच्छन् । 

टमाटर र काउली र  धनियाँ बिक्री गरेर डेढ लाख रूपैयाँ आम्दानी गरेको उनले बताए । तोरी बेचेर अर्को ३ लाख ५० हजार बचत गरेको उनले सुनाए । सबै खर्च कटाएर त्यति मुनाफा आर्जन भएको हो । थाप्लामा भारी बोकेर सागसब्जी बेच्नुपर्ने बाध्यता नभएकामा उनी मक्ख छन् ।

मोटरमा कृषि उपज बजारसम्म लैजाने उनीमात्र छैनन् । उनका छिमेकी पनि उत्तिकै परिश्रम गर्छन् जसले उनीहरुलाई आर्थिक रुपमा सबल बनाएको छ । मेटेरा गाउँका १ सय घरका परिवार लिफ्ट सिँचाइका माध्यमबाट कृषिकर्म गरिरहेका छन् । १ करोड ५० लाख खर्चेर बबइको पानी लिफ्ट सिँचाइ आयोजनामार्फत किसानका खेतबारीमा पुगेपछि मटेराको मुहार फेरिएको हो । 

यसैबीच, लुम्बिनी प्रदेश सरकारले  मटेरा र लुहाडबरा गाउँलाई  ‘स्मार्ट’कृषि गाउँ घोषणा  किसानलाई  तालिम, अनुदानमा कृषि औजार र बीउ वितरण  गरी व्यावसायिक रुपमा कृषि कर्ममा लाग्न अभिप्रेरित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३