काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले पदबाट राजिनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसद विघटन गरेपछि त्यसको बिरोध जनाउँदै पुनले पदबाट राजिनामा दिएका हुन् ।
पुन २०७४ मा भएको निर्वाचनपछि मन्त्री बनेका थिए । पुनसँगै संसद विघटनको विरोध गर्दै कृषि मन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराई, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, शिक्षा मन्त्री विना मगर र श्रम मन्त्रीले पनि आइतबार नै पदबाट राजिनामा दिएका छन् ।