विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वितरण प्रणालीमा रहेको २.८३ प्रतिशत विद्युत चुहावट घटाएको छ । प्राधिकरणले चालू आर्थिक वर्ष (२०७८/७९ ) को ४ महिनामा प्रणालीमा रहेको चुहावट घटाएर १४.३५ प्रतिशतमा झारेको हो । 

प्राधिकरणले प्राविधिक एवं चोरी चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेर १७.१८ प्रतिशत रहेको चुहावट घटाएर १४.३५ प्रतिशतमा सिमित गरेको हो । गत कात्तिकसम्म प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९.२४ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ ।

बाँधी चुहावट प्रसारण तथा उत्पादनतर्फको हो । गत वर्ष कात्तिकसम्म वितरणतर्फको चुहावट १२.०१ प्रतिशत थियो । यस वर्ष यही अवधिको चुहावट २.७७ प्रतिशत कम भई ९.२४ प्रतिशतमा झरेको प्राधिकरणको दाबी छ ।

प्राधिकरणले चालु आर्थिक वर्षमा प्रणालीमा भइरहेको विद्युत चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट देखिएकाले आर्थिक वर्ष सकिँदा निर्धारित लक्ष्य पूरा हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

प्राधिकरणले आर्थिक वर्ष २०७२/७३ मा २५.७८ प्रतिशत रहेको विद्युत चुहावट घटाएर  २०७६/७७ मा १५.२५प्रतिशतमा झारेको थियो । कोरोना (कोभिड–१९) महामारी नियन्त्रण गर्न लगाइएको निशेधाज्ञा तथा लकडाउनका कारण चोरी चुहावट नियन्त्रण अभियान प्रभावित हुँदा आर्थिक वर्ष २०७७/७८ मा १.९१ प्रतिशत बढेर १७.१८ प्रतिशत पुगेको थियो । 

‘चुहावट नियन्त्रण अभियान प्रभावकारीरूपमा चलाइएकाले चोरीबाट हुने चुहावट घटाउन सकिएको छ,’ उनले भने, ‘सबस्टेसनको क्षमता बृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कार्यले प्राविधिक चुहावट पनि कम गर्न सफल भएका छौं ।’ उनले उद्योगहरूमा विद्युत आपूर्ति बढेकाले तथा चुहावट नियन्त्रण अभियान अझै  प्रभावकारी बनाएर लैजाने काम भइरहेकाले असारसम्ममा यो वर्षको लक्ष्य पूरा हुने बताए ।

प्राधिकरणले चुहावट कम गर्न चोरी नियन्त्रण, विद्युत बक्यौता असुलीमा कडाई, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्ने, बन्द मिटर फेर्ने, मिटर  लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानका रूपमा चलाइरहेको घिसिङले बताए ।

चोरी नियन्त्रण गर्ने क्रममा केही स्थानमा प्राधिकरणका कर्मचारीमाथि भौतिक आक्रमण समेत हुँदै आएको छ । वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र अभियानमा खटिएका कर्मचारी, गृह प्रशासनलगायत सबैको साथ र सहयोगमा चुहावट घटाउन सफल भएको उनले बताए ।   

काठमाडौं उपत्यकामा जाडोमा र तराई क्षेत्रमा गर्मीमा चुहावट बढ्ने गरेको छ । प्राविधिक र चोरी चुहावट नियन्त्रणका लागि चलाइएको अभियानलाई अझै सशक्त पार्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले विद्युत चुहावट नियन्त्रण, विद्युतीकरण  र सेवा प्रवाह सुधारमा केन्द्रित रहेर प्राधिकरणका सात प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालयका प्रमुखहरू एवं मातहतका वितरण केन्द्र प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्न लागेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit