विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारी वर्षापछि आएको बाढीले विद्युतीय पोल बगाउँदा मंगलबार (असार १ गते) साँझदेखि मुग्लिङ क्षेत्रको विद्युत सेवा पूर्णरूपमा अवरुद्ध भएको छ । लगातारको वर्षापछि मर्स्याङदी नदीमा आएको बाढीले आबुखैरेनीतर्फको ११ केभी लाइनको पोल बगाउँदा सेवा अवरुद्ध भएको हो ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले आँबुखैरेनी सबस्टेसनबाट ११ केभी लाइन तानी मुग्लिनदेखि धादिङकाे सिमानासम्म विद्युत् सेवा पुर्याइरहेकाे छ । बाढीले १४ वटा पाेलमा क्षति पुग्दा मुग्लिन बजारदेखि मनकामना केबलकार र धादिङकाे सिमाना माैवा खाेलासम्म 'ब्लायाक आवट' भएकाे केन्द्र प्रमुख राजीव सिंहले बताए । 'चितवनकाे चनाैली सबस्टेसनमा समस्या थियाे तर यहाँ यसबाट आपूर्ति सुचारु भइसकेकाे छ,' उनले भने, 'मुग्लिनतर्फ आज पनि सेवा सुचारु गर्न गाह्राे देखिन्छ तर काम भइरहेकाे छ ।'

बाढीले १२ वटा पाेलमध्ये ७ वटा पुरै बगाएकाे र ७ वटा ढलेकाे र तार बगाएकाे आँबुखैरेनी वितरण केन्द्रका प्रमुख साेभितबहादुर क्षेत्रीले जानकारी दिए । यस्तै, म्याग्दे गाउँपालिकाकाे भट्टराइ थाेकमा रहेकाे ट्रान्सफर्मर नजिकका ३ वटा पाेल ढलेकाे र अहिले त्यसकाे मर्मत भइरहेकाे उनले जानकारी दिए । 

साथै, नारायणी नदीमा पनि जलसतहले खतरा तह ८ मिटर पार गरेको वा अझै बढ्ने क्रममा रहेकोले चितवन र नवलपरासीका नारायणी तटीय क्षेत्रमा रहेका नागरिकले उच्च सर्तकता अपनाउन जिल्ला व्यवस्थापन समिति चितवनले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit