विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८१ चैत ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमfडौं । विद्युत विकास विभागले विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने प्रवर्द्धकलाई सम्मान गरेको छ । विभागकाे २८औं वार्षिकोत्सवका अवसरमा विद्युत उत्पादन गरी राष्ट्र निर्माणमा गरेको योगदानको कदर गर्दै  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा विद्युत उत्पादन गरी प्रसारण प्रणालीमा जोड्ने प्रवर्द्धक कम्पनीलाई शुक्रबार सम्मान गरेकी हुन् ।

विभागले हरेक वर्ष ऊर्जा उत्पादन गर्ने प्रवर्द्धकलाई सम्मान गर्ने गरेकोमा कोरोना (कोभिड–१९) महामारीका कारण यसपटक २ आर्थिक वर्षको सम्मानपत्र एकै पटक प्रदान गरेको छ । सम्मानित हुनेमा २२.१ मेगावाटको तल्लो हेवाको प्रवर्द्धक माउन्टेन हाइड्रो नेपाल, ७ मेगावाटको माथिल्लो मर्दीको प्रवर्द्धक युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रो पावर, ९.९ मेगावाटको इवा खोलाको प्रवर्द्धक रैराङ हाइड्रो पावर कम्पनी छन् । 

यस्तै, ८ मेगावाटको माथिल्लो नौगाडको प्रवर्द्धक अपि पावर, २५ मेगावाटको काबेली ‘बी’–१ को प्रवर्द्धक अरुण काबेली पावर, ४.८ मेगावाटको पदम खोलाको प्रवर्द्धक दोल्ती पावर र ५ मेगावाटको घलेम्दीको प्रवर्द्धक घलेम्दी हाइड्रो पावर कम्पनीलाई पनि विभागले सम्मान गरेको छ ।

सम्मानित हुने अन्य कम्पनीमा ६.६ मेगावाटको रुदी ‘बी’को प्रवर्द्धक बिन्दबासिनी हाइड्रो डेभलपमेन्ट, ७.५ मेगावाटको माथिल्लो खारुङ्गा खोलाको प्रवर्द्धक तेह्रथुम पावर, २३.५ मेगावाटको सोलु खोलाको प्रवर्द्धक अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी छन् ।

९.६ मेगावाटको सुपर माई ‘ए’ को प्रवर्द्धक सगरमाथा हाइड्रो, ३ मेगावाटको सुपर माई क्यासकेडको प्रप्रवर्द्धक माई खोला हाइड्रो पावर, ३ मेगावाटको रावा खोलाको प्रप्रवर्द्धक रावा इनर्जी डेभलपमेन्ट, १२ मेगावाटको नामार्जुन मादीको प्रवर्द्धक हिमालयन हाइड्रो पावर, ५ मेगावाटको घट्टेखोलाको प्रवर्द्धक मनकामना इन्जिनियरिङ हाइड्रो पावर, ४.५ मेगावाटको विजयपुर–२ को प्रवर्द्धक सिभिल हाइड्रो पावर, ८ मेगावाटको टक्सार पिखुवा खोलाको प्रवर्द्धक पिखुवा खोला हाइड्रो पावर कम्पनी पनि सम्मानित भएका छन् ।

२२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ को प्रवर्द्धक शिवश्री हाइड्रो पावर, १४ मेगावाटको कुलेखानी तेस्रो र ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ प्रवर्द्धन गरेको नेपाल विद्युत प्राधिकरण, ४५६ मेगावाटको माथिल्लो तामाकोसीको प्रवर्द्धक अप्पर तामाकोसी हाइड्रो पावर, ४२ मेगावाटको मिस्ट्री खोलाको प्रवर्द्धक माउन्टेन इनर्जी नेपाल, ८.५ मेगावाटको बुटवल सौर्य विद्युत आयोजनाको प्रवर्द्धक रिडी हाइड्रो पावर, १० मेगावाटको मिथिला सौर्य विद्युत आयोजनाको प्रवर्द्धक इको पावर डेभलपमेन्ट कम्पनीलाई पनि विभागले सम्मानपत्र दिएर सम्मान गरेको छ । 

चिनी उद्योगबाट ३ मेगावाट उत्पादन गर्ने इभरेष्ट सुगर मिल्स, १.५ मेगावाट उत्पादन गर्ने बाराही, १ मेगावाट विद्युत उत्पादन गर्ने सूर्य पावर, ५ मेगावाटको पिखुवा खोलाको प्रवर्द्धक इष्टर्न हाइड्रो पावरलगायत कम्पनीलाई सम्मान गरिएको छ । २०५० साल साउन १ गते विद्युत विकास केन्द्रकोरूपमा काम सुरु गरेको संस्था २०५६ सालदेखि विभागमा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३