विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संयुक्त ऊर्जा लिमिटेडले ८.४ किलोमिटर लामो २२० केभी प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले निर्माणाधीन ठूलो खोला जलविद्युत् आयोजनाको विद्युत् प्रवाह गर्न प्रसारण लाइन निर्माण गर्ने तयारी गरेको हो ।

म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–८ मा अवस्थित ठूलो खोला जलविद्युत् आयोजनाको स्विच्यार्डदेखि सोही जिल्लाको रघुगंगा गाउँपालिका–७ मा निर्माणाधीन राहुघाट मङ्गले जलविद्युत् आयोजनाको स्विच्यार्डसम्मका लागि प्रसारण लाइन निर्माण गर्न विद्युत् विकास विभागमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विभागबाट स्वीकृति प्राप्त भएलगत्तै आयोजनाको काम अघि बढाइने छ ।

प्रस्तावित प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको ३५ दिनभित्र विभाग वा प्रवर्द्धक कम्पनीमा आइपुग्ने गरी लिखित राय/सुझाव पेश गर्न आग्रह गरेको छ । 

यस प्रसारण लाइन आयोजनाबाट २१.३ मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिनेछ । ८.४ किलोमिटर लम्बाईको प्रसारण लाइनमा ३२ वटा टावरहरू खडा गरिनेछ । टावरहरूबीचको उचाई अधिकतम ३९.२५ मिटरसम्म रहने तथा टावरहरू बीचको दूरी १३७ देखि ५५५ मिटरसम्म हुने अध्ययनले दखाएको छ । 

आयोजना निर्माणको लागि कुल २५.२ हेक्टर जग्गा आवश्यक पर्नेछ । प्रसारण लाइन निर्माणको काम १ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी, वायु प्रदूषण आदिद्वारा वातावारणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिने पनि कम्पनीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३