विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले म्याग्दीमा डाँडाखेत–राहुघाट लाइनको काम सुरु गरेकाे छ । म्याग्दीको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र मध्य भूगोलबाट बग्ने राहुघाट तथा आसपासका नदीमा निर्माणको चरणमा रहेका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत जाेडिने लाइनकाे काम सुरू भएकाे हाे ।

लाइनसँगै जिल्लाकाे मालिका गाउँपालिका–७ मा १३२ केभी डाँडाखेत सबस्टेसनको काम सुरु भएकाे मालिका–७ का वडाध्यक्ष रेशम बहादुर जुग्जालीले बताए ।  प्राधिकरणले जग्गा अधिग्रहणलगायत निर्माण अघिको काम पूरा गरेर गत २०७८ फागुनदेखि सबस्टेसन र लाइनकाे काम सुरु गरेको जुग्जालीले भने।

‘ डाँडाखेत सबस्टेसनकाे पहिलो चरणमा घेराबार र भवन निर्माण भइसकेको छ’, उनले भने, ‘अहिले दोस्रो चरणमा सबस्टेसनका उपकरण राख्नका लागि जग्गा सम्याउनेलगायतका काम भइरहेको छ ।’ 

सबस्टेसन र डाँडाखेत–राहुघाट प्रसारण लाइन निर्माण गर्न २०७८ पुस १६ गते भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग ठेक्का सम्झौता गरी डिजाइन सकेर प्रारम्भिक चरणको पूर्वाधार निर्माण सुरु गरेको प्राधिकरणले जनाएकाे छ । सम्झौता अनुसार ठेकेदारले लाइन र सबस्टेसनको काम साढे २ वर्षमा सम्पन्न गर्नुपर्नेछ ।

जिल्लाकाे रघुगंगा गाउँपालिका–३ अम्बाईसम्मको २५ किलोमिटर लामो डबल सर्किट लाइनमा ९० टावर निर्माण हुनेछ । डाँडाखेत सबस्टेसनमा १३३\३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिनेछ । यस्तै, राहुघाटमा २२०\१३२\३३ केभी, २०० एमभिए क्षमताको उपकरण र जिआइएस प्रविधिको हुनेछ ।

डाँडाखेतमा सबस्टेसन निर्माण गर्न ४ वर्षअघि ५१ रोपनी र राहुघाट निर्माण गर्न करिब ९० रोपनी जग्गा अधिग्रहण गरिएको प्राधिकरणले जनाएको छ । एसियाली विकास बैंक ९एडीबी० को ऋण सहयोगमा प्रसारण लाइन र सबस्टेशन निर्माण गर्न लागिएको हो । 

लाइन र सबस्टेसन पूरा भएपछि म्याग्दी नदीलगायत वरपरका नदी खोलामा निर्माणाधीन, निर्माण हुने आयोजनाको विद्युत जोडिनेछ । अहिले १७२.८ मेगावाट क्षमताको ४ आयोजना निर्माणका विभिन्न चरणमा छन् ।

धवलागिरि–कालिका हाइड्रोले २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला निर्माण गरिरहेको छ । आयोजनाको सुरुङ खन्ने काम भइरहेको छ । धवलागिरी गाउँपालिका–४ मा भिजन हाइड्रो प्रालिले ५७.३ मेगावाट क्षमताको म्याग्दी खोलाको संरचना सुरु गर्ने तयारी गरेको छ ।

यही पालिकामा हाइड्रो इम्पायर प्रालि ३७ मेगावाटको अपर म्याग्दी अघि बढाउन लागेको छ । आयोजनाको विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माणको काम भइरहेको छ । धवदागिरी र मालिका गाउँपालिकाम पहिचान भएको ५३.५ मेगावाट माथिल्लो म्याग्दी–१ निर्माण गर्न पहुँचमार्ग बनाउने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit