विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अमेरिकी विकास साझेदार निकाय (युएसएआइडी) मार्फत नेपालमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको ऊर्जा नेपालले ‘नेपालको ऊर्जा क्षेत्रमा महिलाहरूको नेतृत्व र व्यवस्थापन विकासको लागि प्रशिक्षण’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । ऊर्जा नेपालले ऊर्जा क्षेत्रकाे विकासमा महिलाहरू नेतृत्व र सहभागी बढाउनका लागि २०७९ असाेजदेखि सुरु गरेकाे कार्यक्रम सम्पन्न गरेकाे हाे ।

ऊर्जा विकासमा महिला सशक्तिकरण र नेतृत्व विकास गर्न, उनीहरूको व्यावसायिक प्रभाव बढाउन र नेपालको ऊर्जा विकासलाई अगाडि बढाउने उद्देश्यका साथ सुरु गरिएकाे कार्यक्रम साउन १२ गते (शुक्रबार) सम्पन्न भएकाे घाेषणा गरिएकाे छ ।

ऊर्जा क्षेत्रका महिला नेताहरूको सुझावको साथ सह-डिजाइन गरिएको कार्यक्रमले अन्तरदेशीय विद्युत व्यापार र परियोजना वित्तीय व्यवस्थापनलगायत विद्युत क्षेत्रका प्रमुख चुनौतीहरूलाई सम्बोधन गरेकाे ऊर्जा नेपाल कार्यक्रमकी उप–प्रमुख किरा रोशीले बताइन । नेपालमा विविध कारणले महिलाको नेतृत्व लिन सक्ने क्षमता हुँदा हुँदै पनि अवसर नपाउने अवस्था रहेको हुँदा दिर्घकालीन सम्बन्ध बढाउनका लागि सहभागीहरूलाई क्षमता प्रदान तथा नेटवर्किङ र ज्ञान आदानप्रदान ९ महिने तालिम दिएकाे बताइन ।

ऊर्जा नेपालले गरेकाे यस कार्यक्रमले ऊर्जा विकासमा महिलाहरूकाे सहभागिता बढ्ने ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बताए । आगामी दिनमा मन्त्रालयले ऊर्जा क्षेत्रमा महिलालाई नेतृत्वदायी भूमिकामा हेर्न चाहने बताए ।

तालिममा सहभागी हुँदाको अनुभव सुनाउँदै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) की सचिव कविता पोखरेलले विज्ञनहरूबाट दिइएको तालिमले प्राविधिक ज्ञान र सिपको विकास भएको बताइन् ।

तालिम अवधिभर सम्बन्धित क्षेत्रका केही प्रतिष्ठित विज्ञहरूबाट सीप, अन्तरदृष्टि र अनुभवहरू सिक्ने अवसर पाएका बताउँदै नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक प्रविना क्षेत्रीले भनिन्, ‘कार्यशालाले हाम्रो व्यावसायिक क्षितिज विस्तार गर्न ठूलो योगदान गरेको छ, यसले हामीलाई निरन्तर सिक्ने मानसिकता राख्न उत्प्ररित गरेको छ ।’ 

युएसएआईडी ऊर्जा नेपालका निर्देशक सेपिदेह किभनशादले आजका सहभागीहरूले भोलिका च्याम्पियन बन्रे र अरूलाई नेतृत्वतर्फको यात्रामा मार्गदर्शन गर्न सक्ने क्षमता विकास गरेकाे बताए ।

नेपालको ऊर्जा क्षेत्रमा महिलाको प्रतिनिधित्व न्यून रहेको जानकारी दिँदै प्रतिनिधि सभाका सांसद निशा डाँगीले यस किसिमको कार्यक्रमले यस क्षेत्रमा संलग्न महिलाहरूलाई सशक्त बनाउनुका साथै सहभागी हुन र नेतृत्व गर्न थप प्रोत्साहित गर्ने विश्वास रहेकाे बताइन् ।

महिलाहरुले ऊर्जा क्षेत्रमा काम गर्दा भोगिरेहको दैनिक समस्या र चुनौतीलाई दृष्टिगत गरी ल्याइएको कार्यक्रमले उनीहरुलाई भविष्यमा चाहिने पहिचान र क्षमता वृद्धिका लागि अहिलेको प्राविधिक खाडल अन्त्य र नेतृत्व सिपको सुधारका कार्य गर्ने अपेक्षा गरिएको छ । कार्यक्रम अवधिभरि ऊर्जा क्षेत्रमा प्राविधिक तालिम तथा नेतृत्व र व्यक्तित्व विकास लगायत काम भएकाे जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit