विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय नेपालमा विद्युत्‌को आन्तरिक उत्पादन बढेको र भारतबाट समेत थप विद्युत् आएकोले आपूर्ति सहज हुने जनाएको छ । नदी तथा खोलानालामा पानीको बहाव बढेसँगै प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरूको उत्पादन बढेको प्राधिकरणले जनाएको हो । 

‘खोलानालामा पानीको बहाब बढेसँगै प्राधिकरण तथा निजी क्षेत्रबाट उत्पादन भइरहेको विद्युत्‌को मात्रा बढेको छ,’ प्राधिकरणले एक सूचनामार्फत भनेको छ, ‘उत्पादनमा वृद्धि तथा छिमेकी राष्ट्र भारतले आज मे १ देखि भारतीय प्रतिस्पर्धी विद्युत् बजार (इन्डियन एक्स्चेञ्ज मार्केट–आइइएक्स) मार्फत थप ४ घण्टा विद्युत् आयात गर्न दिएको छ ।’ 

प्राधिकरणका अनुसार आइइएक्सबाट बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म बजेसम्म ढल्केबर मुजफ्फरपुर लाइनबाट दिँदै आएको ६०० मेगावाट विद्युत् खरिदको समयावधि थप ४ घण्टा बढाएर बिहान २ बजेदेखि बेलुका ५ बजेसम्म कायम गरेको छ । 

यसले हाल औद्योगिक क्षेत्रमा भइरहेको विद्युत कटौती कम हुने जनाएको छ । बिहान २ बजेदेखि बेलुका ५ बजेसम्म औद्योगिक ग्राहकहरूले माग अनुसारको विद्युत् पाउने पनि प्राधिकरणले स्पष्ट पारेको छ । 

‘औद्योगिक क्षेत्रमा नियमित र भरपर्दो विद्युत् उपलब्धतालाई हालको व्यवस्थापनले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ,’ प्राधिकरणले भनेको छ, ‘माग अनुसार कम भएको विद्युत् आपूर्ति आन्तरिक उत्पादनले उपलब्ध गराउन नसकुञ्जेल भारतबाट अधिकतम मूल्यमा समेत आयातको प्रयास गरिएकोले औद्योगिक ग्राहकमा देखिएको विद्युत् अभावको केही हदसम्म यसले समाधान हुने छ ।’

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३