काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ११ केभी दाना र ३३ केभी घराप फिडरको विद्युत सेवा बन्द गर्ने भएको छ । प्राधिकरण म्याग्दी वितरण केन्द्रले बुधबार (भोली) देखि शुक्रबारसम्म सेवा बन्द गर्ने भएको हो ।
रुख/हागा काट्ने, बुस कटिङ तथा जम्पर मर्मत कार्यका लागि सेवा बन्द गर्न लागिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सेवा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बन्द हुनेछ ।
विद्युत सेवा अवरुद्व हुँदा यी फिडरबाट वितरण हुने क्षेत्र प्रभावित हुनेछ । तोकिएको समय अगावै काम पूरा भए निर्धारीत समय अगावै सेवा सुचारु गर्ने पनि प्राधिकरणले जनाएको छ ।