विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काडमाडौं । म्याग्दी जिल्लमा ५ मेगावाटको घलेम्दी खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको घलेम्दी हाइड्रो पावर लिमिटेडले विद्युत बिक्रीबाट २ करोड भन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष (आव) २०७९/८० को तेस्रो त्रैमासमा जलविद्युत केन्द्रको बिजुली बेचेर सो आम्दानी गरेको हो । 

साउनदेखि चैतसम्म (नौ महिना) को अवधिमा उत्पादित ५ मेगावाटको बिजुली बेचेर २ करोड २४ लाख ६६ हजार १ सय ४५ रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्षको तुलनामा विद्युत बिक्रीबाट हुने आम्दानी घटेको हो । गत वर्ष यही समयअवधिमा ३ करोड १० लाख ५९ हजार ८ सय ७६ रुपैयाँ आम्दानी गरेको थियो । 

जलविद्युत केन्द्रबाट हुने आम्दनी घटेपछि कम्पनी घाटामा गएको देखिएको छ । गत वर्ष  १ करोड ६ लाख ७७ हजार ३ सय ९२ रुपैयाँले घाटामा रहेको यो कम्पनी यो वर्ष पनि १ करोड ५५ लाख २० हजार ९ सय ६७ रुपैयाँले घाटामा रहेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । 

कम्पनीद्वारा निर्माण गरिएको ५ मेगावाटाको घलेम्दी खोला जलविद्युत आयोजनामा २०७९ साल असारमा पहिरो खस्न गई पेनस्टक पाइपमा ठुलो क्षति पुगेको थियो । यसै त्रैमासिकमा उक्त क्षतिको इन्सुरेन्स कम्पनीबाट आउनुपर्ने सम्पूर्ण क्षतिपुर्ति पाएको कम्पनीले जनाकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit