विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २९, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
जलविद्युत् कम्पनीलाई सेयर जारी गर्न कडाइ  

काठमाडौं । जलविद्युत् आयोजना प्रबद्र्धक कम्पनीलाई प्राथमिक सेयर (आइपिओ) जारी गर्न कडाइ गरिने भएको छ । जलविद्युत् आयोजना प्रवद्र्धक कम्पनीहरुले प्राथमिक सेयर (आइपिओ) जारी गर्न कम्पनीको आन्तरिक प्रतिफल (इन्टर्नल रेट अफ रिटर्न) १२ प्रतिशतभन्दा बढी भएको हुनुपर्ने व्यवस्था गर्न लागिएको हो । धितोपत्र बोर्डले जलविद्युत् कम्पनीको प्राथमिक सेयर निस्कासनलाई थप व्यवस्थित तथा पारदर्शी बनाउन धितोपत्र दर्ता तथा निस्कासन नियमावलीमा यस्तो व्यवस्था गर्न लागेको हो । 

धितोपत्र बोर्ड र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) का प्रतिनिधिबीच भएको छलफलले नियमावलीमा उक्त व्यवस्था थप गर्ने सहमति गरेको हो । 

सहमति अनुसार आन्तरिक प्रतिफल १२ प्रतिशतभन्दा बढी हुनुका साथै जलविद्युत् कम्पनीले भौतिक पूर्वाधारको कम्तीमा ६५ प्रतिशत निर्माण कार्य सकेको प्रमाणित विवरण पेश गरेपछि मात्रै आईपिओ जारी गर्न सक्ने व्यवस्था गर्न लागिएको छ । 

जलविद्युत् कम्पनीले आइपिओबाट पाउने पुँजी बैंकको ऋण भुक्तान प्रयोजन वा कम्पनीको चालु परियोजना सम्पन्न गर्नका लािग मात्रै प्रयोग गर्ने सञ्चालक समितिको लिखित प्रतिबद्धता पेश गर्नुपर्ने व्यवस्था पनि नियमावलीमा गरिने लागिएको छ । 

त्यस्तै जविद्युत् कम्पनीहरूले हकप्रद सेयर जारी गर्न पनि धितोपत्र निस्कासन तथा बाँडफाँट निर्देशिकामा केही नयाँ व्यवस्था थप गर्ने सहमति बोर्ड र इपान पदाधिकारीबीच भएको छ । 

सहमति अनुसार नयाँ परियोजनामा लगानी गर्नेगरी हकप्रद सेयर जारी गर्ने भएमा कम्पनीको नेटवर्थ चुक्ता पुँजीभन्दा कम नरहेको हुनुपर्ने छ । तर यो व्यवस्था आगामी दिनमा बोर्डमा दर्ता हुने कम्पनीको हकमा मात्र लागु हुनेछ ।

हकप्रद सेयर निस्काशन गर्न आयोजनाबाट विद्युत्‌को व्यापारिक उत्पादन भइसकेको हुनुपर्नेछ । हकप्रद सेयर निस्कासन गर्दा नयाँ परियोजनाको लागि आवश्यक हुने रकम २ पटकमा उठाउन सक्ने व्यवस्था गर्ने सहमति भएको छ । त्यस्तै जलविद्युत् कम्पनीको नियमावलीको व्यवस्था अनुरुप ‘लकइन’ अवधि सकिएपछि  संस्थापकको रूपमा रहेका सेयरधनीले सेयर बिक्री गर्न कम्पनीले अनिवार्य रुपमा विद्युत्‌को व्यापारिक उत्पादन गरेको हुनुपर्ने छ । यी व्यवस्था नियमावलीमा थप गरिने भएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit