विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । चालू आर्थिक वर्ष (आव २०८१/८२) को पहिलो महिना अर्थात् साउनमा २ हजार १०९ वटा साना–ठूला विद्युतीय सवारी साधन भित्रिएका छन् । यो महिनामा विद्युतीय साइकल, मोटरसाइकल, स्कुटर, तीन पाङ्ग्रे, कार, जीप र भ्यान, हाइब्रिड (विद्युत् र पेट्रोल दुवैबाट चल्ने) गरी उक्त सङ्ख्याका सवारी साधन भित्रिएका हुन् । 

भन्सार विभागको तथ्याङ्क अनुसार यो महिना विद्युतीय सवारीमा सबैभन्दा बढी ७५८ थान मोटरसाइकल तथा स्कुटर भित्रिएका छन् । त्यस्तै, ६४६ विद्युतीय तीन पाङ्ग्रे सवारी भित्रिएका छन् । 

त्यस्तै, ३८१ थान विद्युतीय कार, जीप र भ्यान भित्रिएका छन् । जडान नगरिएका तीन पाङ्ग्रे सवारी समेत २८१ थान भित्रिएका छन् । १९६ थान विद्युतीय साइकल र ८ थान हाइब्रिड गाडी समेत भित्रिएका छन् । 

नेपालमा खास गरी भारत, चीन, जापान, जर्मनी र सिंगापुरबाट यस्ता विद्युतीय सवारी भित्रिएको तथ्याङ्कले देखाएको छ । 

साउन महिनामा कुल १ अर्ब १० करोड ३८ लाख ८७ हजार रुपैयाँ बराबरका २ हजार १ सय ९ थान विद्युतीय सवारी साधन नेपाल भित्रिएका हुन् । यसबाट राज्यलाई कुल ६६ करोड ९७ लाख १८ हजार राजस्व प्राप्त भएको छ । 

नेपालमा विद्युत्को उपलब्धता बढ्दै गएको, विश्व बजारमा विद्युतीय सवारी साधनको मूल्य सस्तो हुँदै गएको, कार्बन उत्सर्जन कटौतीमा नेपालसहितका विश्वका राष्ट्रले जनाएका प्रतिबद्धता पूरा गर्न समेत विद्युतीय सवारीको उत्पादन, आयात, प्रयोग र उपलब्धता बढ्दै गएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३