विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । भारतीय अटो कम्पनी अल्ट्राभोइलेटले उत्पादन गरेको स्पोर्टी इ–बाइक ‘एफ ७७’ नेपाली बजारमा उपलब्ध हुने भएको छ । वैशाखको पहिलो सातासम्ममा उक्त बाइक नेपाली बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको आधिकारिक बिक्रेता कम्पनी केडिया इन्टरनेशनलले जनाएको हो । विगत ५ वर्षदेखि यो बाइक विकासमा लागेको उत्पादक कम्पनीले सन् २०२४ जनवरीदेखि मात्र भारतीय बजारमा बिक्रीवितरण गर्न सफल भएको थियो ।

कम्पनीका अनुसार १० लाख रुपैयाँ पर्ने उक्त बाइक सुरूमा खरिद गर्ने ३० जना ग्राहकलाई ९ लाख ९९ हजार रूपैयाँमै उपलब्ध हुने छ ।
अन्तर्राष्ट्रिय बजारमा ओरिजिनल र रेकन भेरियन्टमा उपलब्ध रहेको यो बाइक नेपालमा भने रेकन भेरियन्टमा मात्र उपलब्ध हुने भएको छ । उक्त भेरियन्टको इबाइकमा १०.३ किलोवाट ब्याट्री प्याकले एक पटक फूल चार्ज गरेपछि ३०७ किलोमिटर दूरी पार गर्नेछ भने अर्कोमा ७.१ किलोवाट ब्याट्री प्याकले २०७ किमी  दूरी पार गर्नेछ ।

बाइकमा भारतको अटो कम्पनी टीभीएस मोटरले पनि यसमा लगानी गरेको छ । बाइकमा १३४० एमएमको ह्विलबेस र ८०० एमएमको सिट उपलब्ध छ । कम्पनीका अनुसार बाइकको ब्याट्रीमा भेरियन्ट अनुसार ३ वर्षदेखि ५ वर्षसम्मको वारेन्टी दिइएको छ । सीमित संस्करणका बाइकमा भने ८ वर्षसम्मको वारेन्टी र  मूल्यसमेत फरक छ ।  

यो इ–बाइक लिन इच्छुक ग्राहकले हालसम्म १ सय ९० देशबाट ७० हजारभन्दा बढी युनिट प्रि–बुकिङ गरिसकेको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit