विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक २, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । इथियोपिया गैर–विद्युतीय (जीवाश्म) इन्धनबाट चल्ने इन्धन प्रज्वलनयुक्त इन्जिन भएका सवारी साधनमाथि प्रतिबन्ध लगाउने विश्वकै पहिलो राष्ट्र बनेको छ । विश्वका धेरै देशले सन् २०३० देखि २०७० सम्मका विभिन्न मितिमा जीवाश्वम इन्धनयुक्त सवारीमाथि प्रतिबन्ध लगाउने प्रतिबद्धता जनाइरहँदा इथियोपियाले भने अहिलेकै मितिमा त्यस्ता सवारी साधन आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो । 

इथियोपियाको यातायात मन्त्रालगले गत जनवरीको अन्त्यतिर परम्परागत इन्धन (पेट्रोल, डिजेल, ग्यास, कोइलालगायत) बाट चल्लने सवारी साधनको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । साथै उसले आगामी १० वर्षमा झण्डै ५ लाख विद्युतीय सवारी साधनहरू आयात गर्ने र २ हजारभन्दा बढी चार्जिङ स्टेशन स्थापना गर्ने घोषणा गरेको थियो । 

करिब साढे १२ करोड जनसंख्या रहेको इथियोपियामा दर्तावाल सवारी साधनको संख्या करिब १२ लाख मात्रै रहेको त्यहाँको यातायात मन्त्रालयको तथ्यांक छ । गैर–विद्युतीय सवारीको अयातमा पूर्ण प्रतिबन्ध लगाएपछि अब सबै सवारी साधनलाई क्रमशः विद्युतीयमा रुपान्तरण गर्ने उसको तयारी छ । 

खास गरी इथियोपियाले जीवाश्म इन्धनको प्रयोगबाट हुने कार्वन उत्सर्जनमा कटौती गर्न, इन्धन आयतमा बाहिरिने विदेशी मुद्रा सञ्चिती बढाउन, देशमै उत्पलब्ध हुने र हुन सक्ने नजीकरणीय ऊर्जा (जलविद्युत्) को प्रयोगमार्फत देशलाई समृद्ध बनाउन त्यस्ता सवारीमा पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ ।  

इथियोपियाले वार्षिक झन्डै ६ अर्ब अमेरिकी डलर बराबरको जीवाश्म इन्धन आयात गर्ने गरेको छ । यसमध्ये आधा अर्थात् झण्डै ३ अर्ब अमेरिकी डलर बराबरको इन्धन सवारी साधान सञ्चालनका लागि खपत हुँदै आएको उसको तथ्यांक छ ।  

जीवाश्म इन्धनको तुलनामा यहाँ विद्युत् सस्तो छ । व्यक्तिगत उपभोगको लागि प्रतिकिलोवाट घण्टा (प्रतियुनिट) १ अमेरिकी डलर (झण्डै १ सय ३३ रुपैयाँ) र उद्योगका लागि करिब २ अमेरिकी डलर विद्युत्को मूल्य छ । त्यस्तै यहाँ उत्पादन हुने सम्पूर्ण विद्युत् नवीकरणीय स्रोतबाटै उपलब्ध भइरहेको छ । 

यहाँ झण्डै ९० प्रतिशत जलविद्युत् र बाँकी १० प्रतिशत सौर्य, वायु र भूतापीय जस्ता नवीकरणीय स्रोतबाट विद्युत् उत्पादन र प्रयोग भइरहेको छ । 

हालसम्म कुल ५ हजार २०० मेगावाट विद्युत् उत्पादनको जडित क्षमता रहेको यस देशमा विद्युत्को पहिँच ६० प्रतिशत जनसंख्यामा मात्र पुगेको छ । त्यसो हुँदा विद्युत् उत्पादनको जडित क्षमता बढाएर आगामी १० वर्षमा १७ हजार मेगावाट पुर्‍याउने लक्ष्य राखिएको छ । 

नविकरणीय ऊर्जा अभावलाई पूरा गर्न इथियोपियाले ५ हजार १५० मेगावाट जलविद्युत् उत्पादन गर्न सक्ने एउटै बाँध परियोजना निर्माण अघि बढाइरहेको छ । यसबाहेकका अन्य परियोजनासमेत विकास गरेर यस देशले यातायात, औद्योगिकीकरण र आर्थिक विकासमा समेत नवीकरणीय ऊर्जाकै प्रयोगमार्फत समृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । (अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा) 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३