विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निजी क्षेत्रको लगानीमा देशका विभिन्न ठाउँमा पहिचान भइ अघि बढेका ३२०० बढी मेगावाटको विद्युत आयोजना निर्माणाधीन छन् । नेपाल विद्युत प्राधिरकणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरी लगानी जुटेका १४१ आयोजनाको निर्माण भइरहेको हो ।

२०८२ साल भित्र निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने गरी ३२ सय ८० मेगावाटका यी आयोजना निर्माणको विभिन्न चरणमा रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यी आयोजनामध्ये ३२२८ मेगावाट जलविद्युत १३२ र ५२.८ मेगावाटका ९ सौर्य आयोजनाको निर्माण भइरहेको प्राधिकरणको ‘विद्युत’ नामक पुस्तकमा उल्लेख गरिएको छ । 
निर्माणाधीन आयोजनामध्ये सबैभन्दा ठुलो रसुवामा २१६ मेगावाटको माथिल्लो त्रिसुली–१ छ । यो आयोजना नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको छ । कम्पनीले २०७४ माघ १४ गते प्राधिकरणसँग पिपिए (विद्युत खरिद सम्झौता) गरी अघि बढाएको आयोजनाबाट २०८० भित्र उत्पादन सुरु गर्नुपर्नेछ ।

त्यसैगरी, १४० मेगावाटको तनहु आयोजना तनहुँ हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको छ । यो आयोजनाको पिपिए २०७५ असार १५ गते भएको थियो । यस्तै, १११ मेगावाटको रसुवागढी र १०२ मेगावाटको मध्य भोटेकोशीलगायतका जलविद्युत आयोजनाको निर्माण भइरहेको छ ।

यस्तै, सौर्य ऊर्जातर्फ सबैभन्दा ठुलो पिवर इनर्जी प्रालिले १०/१०  मेगावाटको नैनापुर ब्लक–१ र ब्लक–२ आयोजना निर्माण गरिरहेको छ । यस्तै, बाँकी आयोजनाको पनि निर्माण भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit